मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको प्रतिक्रियामा संयुक्त राज्य अमेरिकाले रुसका १० व्यक्ति र दुई संस्थामाथि प्रतिबन्ध लगाएको छ ।
हरितालिका तिजको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शुक्रबार नेपाली महिलाहरुले हर्षोल्लासपूर्वक तिज पर्व मनाउँदै छन् ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित जिल्लाकै एक मुख्य पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबिच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबिच कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सहर बजार तथा गाउँघरमा तिज रौनक छाएका बेला कैलालीको अत्तरियास्थित सेभ हाउसमा आश्रित महिला तथा बालबालिकाहरुले पनि रमाइलो गर्न पाएका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवनले चेपाङ बालबालिकालाई तिजको दर खुवाएको छ । रत्ननगर नगरपालिकाको टिकौलीमा रहेको चेपाङ संरक्षण केन्द्र पुगेर युनियनले बिहीबार दर खुवाएको हो ।
नेपालगन्जस्थित भेरी अस्पतालमा झाडापखालाका बिरामीहरुलाई उपचारका लागि छुट्टै वार्ड व्यवस्थापन गरेर सञ्चालनमा ल्याइएको छ ।
नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिस्पर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताउनुभएको छ ।
उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने हुनुभएको छ ।
धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिई कुवेत पठाइदिने प्रलोभन देखाए ।
कैलालीमा यसवर्ष जापनिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडी नगरपालिका–५ र ६ का नौ वर्षीय बालक र ६० वर्षीय पुरुषको ज्यान गएको हो ।
इजिप्टले गाजापट्टीमा हतियार तस्करी गर्न इजिप्टको क्षेत्र प्रयोग भएको इजरायलको दाबीलाई अस्वीकार गरेको छ । इजिप्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको बयानलाई पूर्ण रूपमा अस्वीकार गरेको हो ।
दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन् ।
बझाङको जयपृथ्वी राजमार्गमा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ । आज बिहान ७ बजेदेखि तमैल बजार नजिकै सुख्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।