• २ वैशाख २०८२, मङ्गलबार

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक

blog

काठमाडौँ, चैत २८ गते । नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्यले सो अपडेट सार्वजनिक गरिएको हाम्रो पात्रोले जनाएको छ ।

केही समय अघि भएको मेगा रिलिजमा प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई फरक स्वरूपमा पाउनु भएको थियो । यो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताहरूबाट आएका सल्लाह सुझावहरूलाई मध्यनजर गर्दै आवश्यक सुधारहरू  गरिएको छ ।

विशेषतस् यस अपडेटमा प्रयोगकर्ताहरूले नोट्स र इभेन्ट्स पेजलाई नयाँ डिजाइनमा देख्न सक्नुहुने छ ।

प्रयोगकर्ताहरूले अब नोट्सहरू लेख्दा शब्दमा मात्र नभई तस्बिर  मार्फत् पनि आफ्नो योजना या सम्झनाहरूलाई व्यवस्थापन गर्न सक्नुहुनेछ । नोट्समा तस्बिर राख्दा प्रयोगकर्ताहरूले त्यही उपलब्ध भएको तस्बिर  प्रयोग गरेर, आफैँ तस्बिर अपलोड गरेर वा आफैँले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्सहरू राख्न सक्नुहुने छ ।

यसरी राखिएका नोट्सहरू तपाईंले हाम्रो पात्रोको क्यालेन्डर पेजमा पनि देख्न सक्नुहुने छ । त्यसबाहेक, प्रयोगकर्ताहरूले वर्षौदेखि राखेका नोट्सहरू हेर्न या व्यवस्थापन गर्न अब सहज भएको छ । यो नयाँ अपडेटमा नोट्स फिचर एकदमै आकर्षक र व्यवस्थित भएको र प्रयोगकर्ताहरूले यसलाई अत्याधिक रुचाउने कुरामा हाम्रो पात्रो टिम विश्वस्त छ ।

हाम्रो पात्रोको यो नयाँ अपडेटहरू प्रयोग गरेर थप सल्लाह सुझावहरू support@hamropatro.com मा पठाउनु हुन सबैलाई अनुरोध गर्दछौं ।