विगतमा आफूले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सार्वजनिक पदधारण गरी अनुचित व्यक्तिगत लाभका लागि पद तथा अधिकारको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने व्यक्तिको सम्पत्ति जफत गर्ने कार्य सुरु गरिएको छ ।
हरेक वर्ष भक्तपुरमा मनाइने बिस्का जात्राअन्तर्गत जात्राको पहिलो दिन भैरवनाथ रथ टौमढीबाट तान्दै स्थानीय बासिन्दा ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिनुभएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ ।
बेलायतका वकिलहरूको एक समूहले प्यालेस्टिनी लडाकू समूह हमासमाथिको प्रतिबन्ध फुकुवा गर्न बेलायत सरकारसँग हमासले माग गरेको बताएको छ ।
रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ ।
रोल्पामा छुट्टाछुट्टै चारवटा चट्याङका घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन ।
गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।