• २६ वैशाख २०८२, शुक्रबार

बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

blog

घाइतेको उपचार गरिँदै ।

रामेछाप समाचारदाता

रामेछाप, चैत २८ गते । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । 

मन्थली नगरपालिका–३ को ऐरमबास देवी थान मन्दिरबाट फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो वडा नं २ र ३ को सिमाना ठाँटीमा दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष ११ की भूमिका श्रेष्ठको मृत्यु भएको मन्थली नगरपालिका–२ वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

घाइते सबैलाई उद्धार गरी सदरमुकाम मन्थलीस्थित मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बोलेरो चिप्लिएर सडकबाट तल खसेको प्रहरीको भनाइ छ ।