ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा दुई घर जलेर नष्ट भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका –३ तिरिङ्गेको खानीटोलमा बिहीबार भएको आगलागीबाट एकै परिवारका दुई दाजुभाइको घर जलेर नष्ट भएको हो ।
बर्दियामा गैंडाको आक्रमणमा परी एक जना वरिष्ठ नेचर गाइडको मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रनजिक रहेको एक सामुदायिक वनमा विदेशीलाई घुमाउन लगेको बेलामा गैंडाले आक्रमण गर्दा शुक्रबार बिहान एक जना नेचर गाइडको मृत्यु भएको हो ।
हेटौँडा–काठमाठौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खसेर सवार मान्छेलाई लाग्दा दुईजना घाइते हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए नपाएकाबारे सरकारले अनुगमन गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जाल फेसकुकमार्फत उहाँले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी दिनुभएको हो ।
झापाको बुट्टाबारीमा भएको मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएका एक जनाको मृत्यु भएको छ । घाइते मोटरसाइकल चालक इलाम सूर्योदय नगरपालिका –५ बस्ने २४ वर्षीय दिवाङकर राईको उपचारका क्रममा शुक्रवार बिहान बीएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
हेटौँडा–काठमाडौँ जोड्ने फाखेल मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा शुक्रवार पिकअप गाडी दुर्घटना भएको छ ।
अबिरल बर्षाका कारण गोरखा–आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । बिहीबारदेखि परेको अबिरल बर्षाका कारण पृथ्बी राजमार्ग अन्तर्गत गोरखा आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले नेपाली दिदीबहिनी आगामी दिनमा आर्थिक, सामाजिक र राजनीतिक रुपले नेतृत्वदायी भूमिकामा आउने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी परीक्षण केन्द्र प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रदेशको सिमानामा सात वर्षअगाडि विषादी परीक्षण केन्द्र खोलिएको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टे भीरमा आएको पहिरोले गर्दा मुग्लिङ मलेखु सडक अवरुद्ध भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले ग्रामीण तथा अन्य सडकको कालोपत्रे र व्यवस्थित गर्न सुरु गरेको छ । पालिकाले ११ वटै वडामा रहेका ग्रामीण सडकलाई व्यवस्थित गराउन सक्रियता देखाएको हो । नगरप्रमुख गुरुप्रसाद भट्टराईले अविरल वर्षाका कारण सडक अस्तव्यस्त हुने गरेको भन्दै बाहै्र महिना सञ्चालन हुने गरी काम गरिरहेको जानकारी दिनुभयो । गल्याङ–निबुवाखर्क सडक अन्तर्गतको पढकाङसम्मको सडकलाई कालोपत्रे गर्ने काम पूरा भएको प्रमुख भट्टराईले बताउनुभयो । दुई किलोमिटर सडक कालोपत्रे हुँदा नगरका पश्चिम क्षेत्रका नागरिकलाई सहज भएको उहाँको भनाइ छ । तीन करोड ५० लाख रुपियाँको लागतमा यो सडकको स्तरोन्नतिका साथै कालोपत्रे गरिएको हो ।
रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ । रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ । सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको बताउनुभयो । असोज महिनामा सबैभन्दा बढी सर्पको बिगबिगी हुने भएकाले अझै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।