गाउँमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरेर जीविकोपार्जन गर्न सामुदायिक नीति, २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । मेलौली नगरपालिका–९, विशालपुरले वडामा खाद्य सङ्कट निम्तिएपछि सामुदायिक नीति घोषणा गरेर बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीका मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पर्यावरण जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षरोपण गर्ने नीति सार्वजनिक गरेको छ । केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवारले कोदो खेती गर्दै आएकामा अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गरेका छन् ।
कर्णाली प्रदेश राजधानी सहरी सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । सडक निर्माण कार्य तोकिएको समयमा पूरा नहुने भएको हो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण काममा ढिलाइ भइरहेको छ । वीरेन्द्रनगरका १५ वटा सडकलाई प्याकेजमा स्तरोन्नतिको कार्य थालिएको थियो । तीन वर्षमा ३४ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले प्रदेश राजधानी सहरी सडक निर्माणका लागि कान्छाराम कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । २०७८ भदौ १७ गते विभिन्न १५ वटा सडकखण्डमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । १२ करोड
वीरेन्द्रनगर नगरपालिका–४ का महिलाले हरितालिका तिज वन वातावरण जोगाउने सन्देश दिएर मनाएका छन् । महिलाका पीडा, वेदनाभन्दा पनि वन वातावरण महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नुपर्ने जस्ता चेतनामूलक गीत गाएर उनीहरूले सन्देश दिएका छन् । भैरम सामुदायिक वन उपभोक्ता समूह वीरेन्द्रनगर–४ ले तिजको अवसर पारेर शुक्रबार वन वातावरणसम्बन्धी जनचेतनामूलक तिज गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा सहभागी नौ वटा महिला टोली सबैले वन वातावरण जोगाउनुपर्ने, जथाभाबी वन फँडानी गर्न नहुने, वृक्षरोपण गर्नुपर्ने जस्ता सन्देश दिए ।
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित मसमा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङको पचास प्रतिशत अनुदानमा उक्त स्याउ खेती विस्तार गरिएको उत्तरगङ्गा अर्गानिक एग्रो फार्मका सञ्चालक सदस्य चिरनकुमार घर्तीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असारमा एक हजार ३२० वटा गोल्डेन, गाला, फुजी, रेड गरी चार जातका स्याउका बेर्ना रोपिएको थियो । मसमा परीक्षणका रूपमा लगाएका स्याउमा राम्रो फल लागेको छ ।
नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो ।
पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् ।
धनकुटाको चौबिसे गाउँपालिका–४, भैँसेटारमा एक बस्ती छ । करिब २५ परिवारको बसोबास रहेको सो बस्तीमा अधिकांश माझी समुदायको बसोबास छ । बस्तीमुनि तमोर नदी छ । केही वर्षअघिसम्म भैँसेटारका अधिकांश मानिस तमोर नदीमा माछा मार्न व्यस्त हुन्थे । नदीमा माछा प्रशस्त पाइन्थ्यो । थोरै थोरै भए पनि त्यही माछा बिक्रीबाट धेरै स्थानीयको जीविकोपार्जन हुन्थ्यो ।
प्रमुख चाडपर्व नजिकिँदै गर्दा सर्लाहीको चुरे भेगका स्थानीय बस सञ्चालन नभएर निराश बनेका छन् । जिल्लाको उत्तरवर्ती चुरेका विकट गाउँमा गत असार अन्तिमदेखि बस चल्न सकेका छैनन् । खोलामा बाढी आइरहेकाले चुरे भेगको नारायणखोला, शिरकालिन्जोर, पिपलदमार, भित्रीखोलालगायत क्षेत्रमा यात्रुवाहक बस सञ्चालन हुन नसकेका हुन् ।
गत जेठ १ गते गौशाला नगरपालिका–४, रजखोरस्थित दलित बस्तीका १३ देखि १७ वर्ष उमेर समूहका छ जना बालबालिका सम्पर्कविहीन भए । बेपत्ता हुनेमा चार जना बालिका रहेकाले उनीहरूलाई प्रलोभनमा पारेर भारततर्फ लगिएको आशङ्का गरियो । मुसहर बस्तीमा रुवाबासी चल्यो । प्रहरीले लामो प्रयासपछि गौशालाबाट हराएका ती बालबालिकालाई चार दिनपछि पहाडी जिल्ला तेह्रथुमको सङ्व्रmान्ति बजारबाट सकुशल उद्धार ग¥यो । उनीहरू कसरी त्यहाँसम्म पुगे ? त्यहाँबाट कहाँ लैजान लागिएको थियो ? स्पष्ट हुन सकेको छैन । बालबालिका सम्पर्कमा आएपछि हराएको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।
मानिसको जन्मदेखि मृत्युसम्मको आवश्यकतापूर्ति र सेवाका लागि सरकारले गर्ने कार्यको निमित्त नियुक्त मानव स्रोत अर्थात् निजामती कर्मचारीको दिवस अर्थात् निजामती सेवा दिवस आज । विसं २०१३ भदौ २२ मा निजामती सेवा ऐन, २०१३ बाट यस सेवाको गठन गरिएको हो । तोकिएको कार्यसम्पन्न गर्न सरकारले निजामती कर्मचारीलाई निश्चित पारिश्रमिक, विभिन्न किसिमका भत्ता, अन्य विभिन्न किसिमका सेवा र अवसर मौद्रिक र गैरमौद्रिक रूपमा प्रदान गर्छ । निजामती सेवामा प्रवेश गर्नु हँसीठट्टाको खेल वा चानचुने काम होइन । देशको सबैभन्दा शिक्षित र बौद्धिक नागरिकले कडा प्रतिस्पर्धात्मक विभिन्न चरणका परीक्षा उत्तीर्ण गरेर नियुक्त हुने अवसर पाउँछन् ।
सार्वजनिक चासो र सरोकारको सम्बोधन, समस्या समाधान तथा राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा सरकारले गरेका प्रतिबद्धता पूरा गर्न सार्वजनिक नीतिको निर्माण तथा कार्यान्वयन गरिन्छ । विद्वान् थोमस डाईका अनुसार सरकारले गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लिने निर्णय नै सार्वजनिक नीति हो । सरकारका प्रत्येक निर्णयको असर र प्रभाव सम्बद्ध क्षेत्र/समुदायमा अल्पकालीन तथा दीर्घकालीन रूपमा पर्दछ । नेपालमा शासकीय संरचनाको परिवर्तनपछि प्रदेश तथा स्थानीय
‘निजामती’ शब्दले सरकारी सेवामा कार्यरत कर्मचारी र तिनको समूहलाई जनाउँछ, जसले प्रशासनिक र कार्यकारी जिम्मेवारी वहन गर्छन् । यो शब्द विशेष गरी सरकारी निकायमा कार्यरत स्थायी कर्मचारीलाई इङ्गित गर्न प्रयोग हुन्छ, जो सरकारी नीति, योजना र कार्यक्रमको कार्यान्वयनमा संलग्न हुन्छन् । सामान्यतया, ‘निजामती’ शब्दले राज्यको सेवा र प्रशासनलाई समर्थन गर्ने कर्मचारीको समूहलाई बुझाउँछ । निजामती सेवा भनेको देशको प्रशासनिक ढाँचाको एक महत्वपूर्ण अङ्ग हो, जस