तनहुँ, चैत ३० गते । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस केन्दबाट हाल ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो । लामो समयदेखि सुख्यायाम हुँदा नदीमा पानीको बहाव कमि भएकाले उत्पादन ह्वात्तै घटेको केन्द्रका प्रमुख इञ्जीनीयर पशुपति गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “यस वर्षको हिउँदमा पानी परेन्, लामो खटेरीले गर्दा विद्युत् उत्पादन घटेर ४० प्रतिशत झरेको छ ।” हाल ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिनुभयो । केन्द्रमा २३र२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादनमा असर परेको गौतमले जानकारी दिनुभयो । केन्द्र प्रमुख गौतमले भन्नुभयो, “वैशाख लागेपछि घाम चर्को लाग्ने हुँदा हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जाने विश्वास लिइएको छ ।”सुख्खा मौसममा विद्युत् उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको हो ।
जिल्लामा भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका समस्या समाधानको सुरुवात गरिएको छ । शुक्रबार भूमि समस्या समाधान आयोग हुम्लाले आयोजना गरेको जनप्रतिनिधिसँगको जिल्लास्तरीय राय सुझाव सङ्कलन गर्न सञ्चालन गरिएको कार्यव्रmम आयोगले आगामी तीन महिनाभित्र समस्या समाधानको कार्यक्रम गरिने जनाएको हो ।
काठमाडौँ, चैत २९ गते । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०र८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।निगमले अघिल्लो आर्थिक वर्ष २०७९र८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।
काठमाडौँ, चैत ३० गते । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८० पैसा र बिक्रीदर ९९ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ र बिक्रीदर १४ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८९ पैसा र बिक्रीदर २० रुपैयाँ ९८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, चैत ३० गते । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
किरण श्रेष्ठ तनहुँ, चैत ३० गते । तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामी डाँडा बस्ने इसुब विकको ९ वर्षकी छोरी अनुजा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।शुक्रवार साँझ ६ः ३० बजे फुपू दिदी फूलमाया विकको घरमा बत्ती लिन गएको बेला चितुवाको आक्रमण परि मृत्यु भएको उहाँले थापाले बताउनुभयो । प्रनाउ थापाका अनुसार बालिका घर नर्फिए पछि उहाँको काका देवल बिकले खोजतलास गर्ने क्रममा चितुवाको आक्रमणबाट मृत अवस्थामा फेला पार्नु भएको थियो । बाटो रगत चप्पल देखि खोजी गर्दै जाने क्रममा घरबाट एक हजार पाँच सय मिटर कटुस घारीमा टाउको घाँटी टोकी दाहिने खुट्टाको साप्रा खाई मृत अवस्थामा फेला परेको थियो ।बस्तीमा पसेर मानिसलाई आक्रमण गरी मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएको र नरभक्षी चितुवालाई नियन्त्रण लिन पासो थाप्न र खोजी गर्न सुरक्षा निकाय र डिभिजन वन कार्यालय तनहुँलाई आग्रह गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
यस वर्षको ‘प्री मनसुन’ सक्रिय भएको छ । दुई दिनअघिदेखि देशका विभिन्न भूभागमा वर्षा गराउने गरी जलवाष्पयुक्त बादल नेपाल भित्रिएसँगै नेपालमा प्री मनसुन सक्रिय भएको हो ।
सङ्घीयता लागु भएपछि स्थानीय तह आफैँले विकास निर्माणका काम अघि बढाउन सक्छन् भन्ने प्रमाण मकवानपुरको एक स्थानीय तहले पुष्टि गरिदिएको छ । यहाँस्थित मनहरी
उच्चस्तरीय आर्थिक सुधार सुुझाव आयोगले सरकारलाई संस्थागत, नीतिगत र कानुनी वातावरण सुधार गर्न सुुझाव दिएको छ । पूर्वसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित आयोगले शुुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुु पौडेलसमक्ष प्रस्तुत गरेको प्रतिवेदनमा त्यस्तो सुझाव दिइएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजुमा शुक्रबार मनमैजु जात्राका लागि लिङ्गो ठड्याउँदै स्थानीयवासी ।
नइ प्रकाशनले शुक्रबार राजधानी काठमाडौँमा नेपाल तथा भारतका २८ जना प्रतिभालाई ताम्रपत्र र नगद राशिसहित २०८० सालका नइ पुरस्कार समपर्ण गरेको छ ।
गोली लागेर चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको श्री नयाँ गोरख गणमा कार्यरत नेपाली सेनाका जवान चन्द्रकिशोर दासको मृत्यु भएको छ ।
साहित्यकार तथा त्रिभुवन विश्वविद्यालयका प्राडा मोहनप्रसाद तिमल्सिनाको जीवनीमा आधारित ‘प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ’ लोकार्पण गरिएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा ट्राफिक जाम व्यवस्थापन गर्न नवलपुर खण्डमा मात्रै डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले शुक्रबार गत महिनाको विनाशकारी भूकम्पपछि घोषित युद्धविरामका बावजुद म्यान्माको सैन्य आक्रमणको निन्दा गरेको छ ।