• ६ वैशाख २०८२, शनिबार

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

blog

किरण श्रेष्ठ 

तनहुँ, चैत ३० गते । तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ कामी डाँडा बस्ने इसुब विकको ९ वर्षकी छोरी अनुजा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

शुक्रवार साँझ ६ः ३० बजे फुपू दिदी फूलमाया विकको घरमा बत्ती लिन गएको बेला चितुवाको आक्रमण परि मृत्यु भएको उहाँले थापाले बताउनुभयो । प्रनाउ थापाका अनुसार बालिका घर नर्फिए पछि उहाँको काका देवल बिकले खोजतलास गर्ने क्रममा चितुवाको आक्रमणबाट मृत अवस्थामा फेला पार्नु भएको थियो ।  बाटो रगत चप्पल देखि खोजी गर्दै जाने क्रममा घरबाट एक हजार पाँच सय मिटर कटुस घारीमा टाउको घाँटी टोकी दाहिने खुट्टाको साप्रा खाई मृत अवस्थामा फेला परेको थियो ।

बस्तीमा पसेर मानिसलाई आक्रमण गरी मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएको र नरभक्षी चितुवालाई नियन्त्रण लिन पासो थाप्न र खोजी गर्न सुरक्षा निकाय र डिभिजन वन कार्यालय तनहुँलाई आग्रह गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।