साधन घर्ती म्याग्दी ,चैत ३० गते । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार,समयमा घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृते घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबारबाट दुई वटा द्वन्द्वप्रधान नेपाली चलचित्र ‘पीताम्बर’ र ‘कर्मा’ प्रदर्शनमा आएका छन ।
काठमाडौँ, चैत ३० गते । काठमाडौँ महानगरपालिका–१६ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा आजदेखि बाइसधारा मेला सुरु भएको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर प्रत्येक वर्ष आयोजना गरिने यो मेला हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको छ।मेलाको पहिलो दिन शनिबार बिहानैदेखि स्नान गर्न र पूजा अर्चनाका लागि भक्तजनहरूको भिड लागेको छ। २२ धाराबाट लगातार बगिरहेको शुद्ध पानीमा स्नान गरेमा शारीरिक र मानसिक शुद्धि हुने विश्वास रही आएको छ। विशेषतः चैत शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा पुण्य प्राप्त हुने धार्मिक मान्यता छ।बालाजु बाइसधारा धार्मिक महत्त्वका साथै सांस्कृतिक र पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण स्थल हो। यस मन्दिर परिसरमा बुद्धका मूर्तिहरू, प्राचीन स्तम्भहरू, जल कुण्ड र हरियालीले पर्यटकलाई आकर्षित गर्छ। मेलाको समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने दर्शनार्थी, साथै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य हुने गर्छ।वडा नं. १६ का अध्यक्षसहित स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायको समन्वयमा मेलाको व्यवस्थापन गरिएको छ। मेलाको सफल व्यवस्थापनका लागि स्वयं सेवक टोली, स्वास्थ्य सहायता कक्ष र ट्राफिक व्यवस्थापनसम्बन्धी तयारी पूरा गरिएको वडाले जनाएको छ।यस अवधिमा धार्मिक क्रियाकलाप, सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादनको प्रदर्शनीसमेत गरिएको छ ।
नेपाली नयाँ वर्ष २०८२ का अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भएपछि अन्तु र कन्याम धमाधम सिँगारिँदै छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिज
पितृको आत्मशान्ति एवं मोक्षको कामना गर्दै चैत्र शुक्ल पूर्णिमाका अवसरमा मनाइने बौद्ध–तिमाल जात्रा शुक्रबारदेखि सुरु भएको छ । तामाङ सभ्यताको उद्गम थलो मानि
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा समाधान खोज्न नेपाल विद्युत् प्राधिकरण र उद्योगीबिच वार्ता भएको छ । शुव्रmबार प्राधिकरण सञ्चालक समितिले सो समस्या समाधान
रौतहट सदरमुकाम गौरमा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्माणाधीन भवनको काम प्रभावित बनेको छ । गौर बाढी प्रभावित क्षेत्र भएका कारण आंशिक रूपमा ‘
‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’ को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले पाउनुभएकी छ । ललितपुरको च्यासलस्थित ज्यापू एकेडेमी
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणगढ–मुग्लिङ सडकको वैकल्पिक मार्गको विस्तृत अध्ययन गरी कार्यान्वयन गर्न माग गरिएको छ । सत्ता साझेदार कांग्रेस र एमालेका
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङखोलास्थित छेङ्गुर–झोङ पक्की पुल बन्ने भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत चा
परम्परागत संस्कृति र संस्कार बोकेको चाडमा चैतालो अर्थात् भेटौलो पर्छ । सुदूरपश्चिमको केही जिल्लामा गरिने पारम्परिक चलन तथा नैतिक मूल्य र मान्यता बोकेको यो एउटा सांस्कृतिक प्रथा हो । भाइबहिनीको अटुट प्रेमको अनुपम उदाहरण हो– चैतालो ।समयले कोल्टे फेर्छ । लामो समयदेखि चलेको परम्परा र रीतिथितिले पनि केही न केही आफ्नो रूपमा परिवर्तन गर्ने गरेको हामी सबैले देखेका छौँ । आजभन्दा सय वर्षअघि समाजका व्यक्ति र समाजप्रति मानिसको धारणा र त्यसपछिको ३०÷३५ वर्षमा उही समाज र व्यक्ति हुन्छन् । तर सोच्ने तरिका र जीवन जिउने शैलीमा परिवर्तन देखिनु स्वाभाविक हो । यसै गरी हरेक नयाँ पुस्तापछिको सामाजिक संरचना व्यक्तिको व्यवहार, रहनसहन, आम्दानी, पेसामा परिवर्तन भएको हेर्दै हुर्के बढेका हामी सम्पूर्ण नेपालीलाई आफ्नो जातजाति क्षेत्रीयता अनुसार आफ्ना सम्पूर्ण संस्कारसँग प्रेम हुनु स्वाभाविक हो । हुनु पनि पर्छ हैन भने बिस्तारै समाजबाट पूर्वीय दर्शनको पद्धति लोप हुन सक्नेमा दुईमत छैन । यस्तै परम्परागत संस्कृति र संस्कार बोकेको चाडमा चैतालो अर्थात् भेटौलो पर्छ । सुदूरपश्चिमको केही जिल्लामा गरिने पारम्परिक चलन तथा नैतिक मूल्य र मान्यता बोकेको यो एउटा सांस्कृतिक प्रथा हो । भाइबहिनीको अटुट प्रेमको अनुपम उदाहरण हो– चैतालो ।विशेषतः सुदूरपश्चिमको बैतडी, दार्चुला र भारतको उत्तराखण्डमा चैत महिनामा चेलीलाई भेट्न तारम्तार हुन्छ भने डोटी, बझाङ र अछाममा माघको महिनामा छोरीचेलीलाई कोसेली लिएर भेट्न जाने अथवा माइतीमा खाना खान डाक्ने चलन छ । यसरी महिना फरक भए पनि उद्देश्य भने उही छोरीलाई भेट्ने सम्झिने हो । चैत महिनामा रितुरानो (वसन्त ऋतुको आगमनमा गाइने) लोकगीत गाइन्छ, जसमा गोरीधानाको विवाह प्रसङ्ग उल्लेख हुन्छ । उनको विवाह चौगङ्गापारि कालीनागसँग भएको थियो । गोरीधानाका भाइ सदेउ बाला थिए । उनी ग्वाला जाँदा सबै साथीभाइले आफ्ना दिदीबहिनीका कुरा गर्ने र भेट्न जाने, तिम्रो त दिदी छैन कि तिमी जाँदैनौँ भनी सदेउलाई जिस्काउने गर्थे । एक दिन सदेउले आफ्नी आमासँग प्रश्न गरे, “मेरा सबै साथी आफ्नो दिदीबहिनीको घर जान्छन् । मेरी दिदी कहाँ छिन् । म पनि दिदी भेट्न जान्छु ।” उनले अनुनयविनय गरेपछि आमाले केही बेर सदेउलाई दिदीको विवाह धेरै टाढा कालीनागसँग भएको, जान सहज नहुने कुरा सम्झाइन् । तर सदेउको हठको अगाडि आमाको केही सिप नलागेपछि केही जोडजाम तयार पारेर उनलाई दिदी भेट्न जाने अनुमति दिइन् । बाटो असजिलो र ठोस ठेगाना थाहा नभए पनि सदेउ बालाले दिदी भेट्ने अठोट गरे । खोज्दैखोज्दै धेरै दिन लगाएर दिदीको घर पुगे । गोरीधाना पनि यत्तिका वर्षसम्म माइतीबाट कोही पनि भेट्न नआएकोमा दिक्दार मान्दै विरहका गीत गाउँथिन् । ‘सब चेली प्यारी बाबाका पास, मै चेली कुप्यारी चौगङ्गा पार बास बास कपु चडी (कोइली चरी) मेरा माइती देश,मेरी इजु (आमा) सुणली (सुन्लीन) त मेरा भाइ लगाली (पठाउलिन्) ।’आफ्नो विवाहपश्चात् भाइ जन्मिएको कुरा गोरीधानाले सुनेकी थिइन् । यसरी अचानक यति अन्तराल (१२ वर्षपछि) मा आफ्नो भाइ सदेउ बालालाई आफ्नोसामु देखेर दुवै दिदीभाइ ढोगभेट नगरी अङ्कमाल गरेर रुन थालेछन् । यो सबै दृश्य परबाट गोरीधानाकी नन्द भागाले हेरिरहेकी थिइन् । भागाले दिदीभाइको भेटलाई अनेक शङ्का उपशङ्का गरी आफ्ना दाइलाई व्याख्या गरिन् । भाइले दिदीको घरमा राति बास नबसेर तुरुन्त घर फर्कनुपर्ने र सदेउले आफ्नो भिनाजुलाई ढोग्न बिर्सेकाले पनि शङ्कामा थप वृद्धि भएको कथन पनि छन् । बहिनीको कुरा सुनेर कालीनागले आफ्नो रिसको वेगलाई थाम्न सकेनन् र भिनाजु सालाबिच झगडा भयो । त्यसै झगडामा दुवैले ज्यान गुमाए र गोरीधानाले पनि आत्महत्या गरिन् । यसरी भएको दुःखद घटनाले छोरीलाई भेट्ने अनिवार्यताको रूप लियो, जुन आजसम्म कायम छ । यसै सन्दर्भलाई जोडेर नन्द र भाउजूको सम्बन्धलाई तिक्तताको दृष्टिले अहिले पनि हेर्ने गरिएको हामी देख्छौँ । यसप्रकार कुरा लगाएर र अनावश्यक शङ्काले दुई घर रित्तियो । ‘चैत कि तिमली (अँजीर) इजु चैत कि तिमली कति भए तिता (काँचो अँजीर तितो हुन्छ),भलो गरेइ भागा बैना दुएइ (दुवै) घर रित्ता’यसप्रकार १२ वर्षसम्म माइतीसँग भेटघाट नभई बसेकी चेलीले अन्त्यमा आफ्नो श्रीमान् र भाइ दुवैलाई गुमाइन् । त्यसैबेलादेखि नै प्रत्येक वर्ष चैत महिनामा छोरीचेलीलाई भेट्ने परम्परा चल्दै आएको मान्यता छ । किनभने यो घटना चैत महिनामा भएको थियो । केही पारम्परिक तथ्य पत्ता लगाउनेव्रmममा जस्तै चैतमा किन चेली त्योहार मनाइन्छ र डोटीतिर किन माघको महिना रोजियो त ? चैतमा दिनहरू पट्यारलाग्दा हुन्छन् । खेतीपातीले गाउँघरमा फुर्सदिलो समय रहन्थ्यो । आजको जस्तो सहज थिएन, ऊ बेलामा छोरीहरूलाई माइती जान र भेट्न । कुनै चाडपर्वको पर्खाइ रहन्थ्यो । घरपरिवार संयुक्त हुन्थ्यो । सबैको मन चित्तले व्यवहार बनाउनुपथ्र्याे । सहजै भेटघाटको अवसर जुटाउन सकिँदैनथ्यो । माइतीघर र आमाबुवाबाट टाढा, शिक्षाको कमी र पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलामा कुण्ठाको भावना विस्तार हुनु स्वाभाविक थियो । सुक्खा मौसम, नयाँ पालुवाले बिरुवालाई झकमक्क पारेको, कोइली र न्याउलीको गुञ्जन, लालीगुराँस र काफलले वनपाखा राताम्मे भए पनि निराश हावाले छोरीचेलीलाई माइतीको सम्झनाले व्याकुल बनाउँथ्यो र सिर्जना हुन्थ्यो विरहका गीतहरू:‘जन वासै न्याउली चैतकी मुइ सोराई लागि माइतकी,डाँडाभरि बुरौज (गुँरास) फुल्यो, चैतेको मैना कब ल्याला दाजी भेटौलो आस मै छ तमरी बैना’ यस्ता शब्दहरूले गाउँ, वनपाखा गुञ्जायमान हुन्थे । चैतालो चैत १ गतेदेखि मसान्तसम्म राम्रो दिन बार (शनिबार र मङ्गलबारबाहेक) हेरेर पु¥याउने चलन छ । भेट्न आएका दाजुभाइलाई छोरीचेलीले पनि टीका लगाउने र केही खानेकुरा खुवाउने चलन छ । जसलाई सुदूरपश्चिमको भाषामा ‘मुख विटाल’ भनिन्छ । आफ्ना माइतीसँगको पातलो भेटघाटले यस महिनामा दाजुभाइ, आमा भेट्न आउने अनिवार्यताको व्याकुलतालाई आज पनि मनन गरी अनुमान गर्न सकिन्छ । जुनसुकै उमेरका महिला हुन्, भेटौलोको महìव र प्रतीक्षामा एकनासको स्वभाव आज पनि उत्तिकै जोशिलो सुदूरपश्चिम समाजमा देख्न सकिन्छ ।चैतालोमा गहुँको पीठोको पिँजरी, खजुरी (ठेकुवा) लिएर जाने चलन छ । आजभोलि आधुनिकता र सुविधाले खानाको विभिन्न परिकार, लुगा, मिठाइ, दक्षिणा लिएर भेट्न जाने चलन छ । पहिले गाउँघरमा भेटौलो आए भने आज एउटा र भोलि अर्काे घरबाट भेटौलो खान पाइन्थ्यो । भेटौलो बाँडेर खाएमा माइतीमा सुख, समृद्धि भित्रिने जनविश्वास मानिँदै आएको सामाजिक परिवेश आज पनि अटल छ । त्यसैले भेटौलो त्योहार (चाड) ले गाउँको वातावरणै उत्सवमय हुन्थ्यो । अर्काेतर्फ डोटीमा माघको महिनामा छोरी चेलीलाई डाक्ने चलन छ । चिसोयाममा गुलियो चिल्लोको पौष्टिकतालाई महìव दिई सेलरोटी, अनरसा, निसोसे (चामलको पीठो, नौनी र दही मिसाएर बनाइन्छ, जसलाई पहाडी केक पनि भनिन्छ) लिएर छोरीहरू भेट्न जाने र नजिक भएको छोरीचेलीलाई खानका लागि डाक्ने परम्परा छ ।आजका चेलीबेटी विवाहपश्चात् पनि आफ्ना दाजुभाइ, आमाबुवासँग बढी नजिक छन् । आवतजावतको सुविधा, छोरीलाई पनि छोरासरह गरिएको लालनपालन, शिक्षा, ढिलो विवाह, सञ्चारको सुविधा आदिले पहिले जस्तो वर्षको एक÷दुई पटक माइती भेट्न कुर्नुपर्ने बाध्यता छैन । यी महिनाहरूलाई आफ्नो महिना ठानेर कोसेली र भेटघाटको पर्खाइले उत्सुकता बढाएको आज पनि उत्तिकै देख्न पाइन्छ । हुन पनि किन नहोस्, आफू जति सम्पन्न भए पनि माइतीबाट विशेष आफ्नानिम्ति आएका प्रियजन र कोसेली प्रत्येक चेलीका लागि अनमोल हुन्छन् । यी महिनाहरूको भेटघाटको व्याकुलता, पर्खाइ र पूर्णता यस्तै प्रत्येक चेलीले सदैव प्राप्त गरिरहून् ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ ।
पानीमा सिस्नु चोपल्दै मान्यजनलाई शरीरका विभिन्न भागमा बेस्सरी पोल्ने गरी लगाइन्छ । ऐøया र आत्था गर्छन् अभिभावकहरू । जति सिस्नुले पोल्यो त्यति नै शरीरमा भएको रोग हराउने र वर्षभरि कुनै पनि रोग न लाग्ने भन्ने जनविश्वास रहेको छ ।बिसुपर्व एकताको पर्व हो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो पर्वलाई निकै महìवसाथ मनाउने गरिन्छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गतेको दिनलाई बिसुपर्व भनिन्छ । पहाडीमूलका सबै समुदायले सामूहिक रूपमा खुसियालीसाथ यो पर्व मनाउने गर्छन् । वर्षभरि शरीरमा रोग नलागोस् भनेर सार्वजनिक स्थलमा साना वर्गले आफूभन्दा ठुला व्यक्तिलाई सिस्नु लगाउने चलन छ । अझ पानीमा सिस्नु चोपल्दै मान्यजनलाई शरीरका विभिन्न भागमा बेस्सरी पोल्ने गरी लगाइन्छ । ऐøया र आत्था गर्छन् अभिभावकहरू । जति सिस्नुले पोल्यो त्यति नै शरीरमा भएको रोग हराउने र वर्षभरि कुनै पनि रोग न लाग्ने भन्ने जनविश्वास रहेको छ । आयुर्वेदिक हिसाबले सिस्नु गुणग्राही वनस्पति पनि मानिन्छ । पुरानो वर्षलाई बिदाइ नयाँ वर्षलाई स्वागत गर्ने सन्दर्भ पर्ने भएकाले पनि वैशाख १ लाई बिसुपर्व भनिएको हो । जिल्लापिच्छे यो पर्व मनाउने विधि केही फरक रहेको देखिन्छ । खानपिन, रामरमिता, चालचलनका विधिमा केही जातजातिमा फरक देखिए पनि सामाजिक मर्यादा कायम राख्न गाउँवासीले बिसुपर्वलाई पितापुर्खाले मनाउँदै आएको साझा पर्वका रूपमा लिने गर्छन् । यो पर्व स्वागतका लागि नरनारीले आ–आफ्नो घर रातो र कमेरो माटोले लिपपोत गर्छन् । जसलाई घर छिप्नु भनिन्छ । न छिपेको घरमा देवकार्य र पितृकार्य गर्न वर्जित मानिन्छ । यो पर्व आगमनको पूर्वसन्ध्यामा महिलावर्गले कपडाको पुतली बनाउँछन् । जसलाई पार्वतीका रूपमा बिसुपर्वमा फूल अछेताले पूजा गरी दही, चामल खुवाएर पवित्र ठाउँमा सेलाउँछन् । यता पुरुषवर्गले आफ्नो घरको सङ्ख्या हेरी बिसु चौरमा लौराको फूल अछेताले पूजा गर्ने गर्छन् । जसलाई लौरापूजा भनिन्छ । शिवजीको रूप मानिएका ती लौरा लिएर कुनै बेला पुरुषवर्ग पुरास (भोट) जाने गर्थे । भोटबाट नुन र ऊन ल्याइन्थ्यो । अहिले पुरास जाने चलन हराएको छ । बेल्जियमलगायतका मुलुकबाट ल्याइएका गलैँचाले गाउँघरमा राडीपाखीलाई विस्थापित जस्तै गरेको छ । बिसुमा पूजा गरेको लौरो टेकेर जाँदा भोटको ‘लाँगो’ देवता खुसी हुने र उरई भञ्ज्याङ सहजै चढ्न सकिने जनविश्वास रहेको छ, बझाङतिर । लाँगो देवता खुसी भएनन् भने उरईमा लेक लाग्छ भोटमा पुग्न सक्दैनन् रे, पुराना मानिसको अर्ती हो यो । लौराको पूजा गर्दा स–साना बालबालिका गुना (लङ्गुर) र बाँदर बनेर दही, चामल खाइदिन्छन् । उपद्रव गर्दै समाजका प्रतिष्ठित व्यक्तिलाई अपरझट बोकेर फोहोर ठाउँमा पु¥याउँछन् । सायद मानवको विकासव्रmमसँगै यो विषय जोडिएको हुन सक्छ । परिवारका मानिस मिलेर मीठा परिकार खानु, खुवाउनु यो पर्वको मुख्य विशेषता रहेको छ । चुकानी बटुक (चुकमा मासको बारा) मिसाएर दहीमा बटुक मिसाएर, गतानी डुबका (गहतलाई विशेष परिकार बनाएर) र दही, चामल मिसाएर राख्ने गरिन्छ । लाउन (पुरी), अनर्सा, बाबर (सेलरोटी) खाने त भइहाल्यो । यस दिन गाउँका नायक देवताका पुजारी बुढ्यौली (सबैभन्दा जेठो मानिस) लाई दहीमा मुछिएको सेतो अछेता निधारभरि लगाउने चलन छ । हिउँदे बाली गहुँ, जौ भिœयाउने समय भएकाले यस दिनमा ‘देलावालो’ लगाइन्छ । आफ्नो घरको मूलढोका, देवीदेवताको मन्दिर पानीको धारामा गाईको गोबर टाँसी जौका बाला लगाउनुलाई देलावालो लगाएको भनिन्छ । यसो गर्दा देवता पितृहरू खुसी हुन्छन्, खाद्यान्न अभाव हुँदैन भन्ने गरिन्छ । तर युवा परदेश गएका र सहरवासी भएकाले जमिन प्रायः खाली देखिन्छन् । यस दिन बिसुचौर, गाउँघर निकै रमाइलो हुन्छ । छालाले मोरेको फुटबल खेलिन्छ । महिलाले झिमकेउणा गीत गाउँछन् । पुरुष देउडामा रमाउँछन् । झिमकेउणामा प्रकृतिको वर्णन हुन्छ । शक्तिपीठ र देवताको चर्चा, न्याउली र कोइलीका मिलनका गीत मिलाएर महिलावर्गले गाएको सुन्दा संस्कृति गाउँमै रहेको अनुभूति हुन्छ । देउडा गीत गाउँदाको आनन्द त अरू कुन गीतमा पाइएला र ? नयाँ लुगा लगाउनु, मीठो परिकार खानु, देउडा गाउनु, झिम्केउडामा रमाउनु, परदेशबाट आएका आफन्तसँग मिलन हुनु बिसुपर्वका विशेषता मानिन्छ । यस्ता अलौकिक संस्कृति अझै पनि जनसमक्ष आउन सकेका छैनन् । अत्यधिक गर्मीको बेला तन्त्रशास्त्रबाट पानी पार्ने मन्दिरका धामी अझै पनि गाउँमा जीवित छन् । तर गाउँका मानिसबाहेक बाहिरका संस्कृतिकर्मीलाई यसबारे थाहा छैन । कर्णाली र सुदूरपश्चिम प्रदेशका महìवपूर्ण पर्व हुन्– बिसु र गौरा । बिसु गर्मी महिनामा नयाँ वर्षका दिन मनाइन्छ । गौरा भदौ महिनामा मनाइन्छ । बिसुपर्व विधिवत् रूपमा राजधानीमा मनाउन सुरु गरिएको विसं २०५६ सालबाट हो । देउडा समाज स्थापना गरी मनाउन सुरु गर्दा त्यसबखत कार्यव्रmमका प्रमुख अतिथि बन्नुभएको थियो– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । देशको पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, दार्शनिक चिन्तक डिपी भण्डारी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेत्ररोग विशेषज्ञ डा. चेतराज पन्तलाई देउडा समाजले अभिनन्दन गरेको थियो । त्यसव्रmममा चन्द, देउवा र भण्डारीसँगै देउडा खेल्नुभएको थियो । द्वारिकादेवी ठकुरानीले ‘वाचिरया वा संस्कृति न मा¥या अरूको गट्टो न अ¥या बुदी’ (बाँचिरहनू संस्कृतिको सेवा गर्नू, कुभलो नगर्नू छोरा) भनेर आशिर्वाद दिएको हिजोजस्तै लाग्छ । सङ्घीय राजधानी काठमाडौँमा बिसुपर्व मनाउन लागेको २५ वर्ष बितिसकेछ । यसै गरी राजधानीमा गौरा पर्व संस्कृतिको सुरुवात गरेको डोटीका प्राडा स्व. त्रैलोक्यनाथ उप्रेती परिवारले हो । कालिकास्थान डिल्लीबजारबाट सुरु भएको गौरा पर्व औपचारिक कार्यव्रmम गर्ने श्रेय बैतडीका संस्कृतिकर्मी अम्बादत्त भट्ट र हरिमोहन भण्डारीलाई जान्छ । जसका कारण अहिले संस्कृति जीवन्त रूपमा अगाडि बढिरहेछ ।
वन्यजन्तु आहारा, पानीको खोजी र शत्रुबाट बच्न मौसम अनुसार बसाइँ सर्ने गर्छन् । संरक्षित क्षेत्रभन्दा बाहिरको वनमा वन्यजन्तु संरक्षणको कामले प्राथमिकता नपाउने हुँदा वन्यजन्तुको चोरीसिकार बढेको छ । संरक्षित क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ र संरक्षित क्षेत्र घना मानवबस्तीले घेरिँदै गएका छन् ।नेपाल विश्व मानचित्रमा ०.१ प्रतिशत भूभाग ओगटेको सानो मुलुक भए पनि इन्डो मलायन र प्यालियाट्रिक जैविक भूमण्डलीय क्षेत्रको दोसाँधमा पर्ने हुँदा परापूर्वकालदेखि नै वन्यजन्तुका लागि प्रसिद्ध थियो । मल्लकालमा नेपालबाट मह, कस्तूरी र जडीबुटीको निकासी गरिन्थ्यो । पृथ्वीनारायण शाहको दिव्योपदेशमा आफ्ना देशका सामान, जडीबुटी विदेश लगेर नगद ल्याउनू “आफ्ना देसको जिनिस्, जरिवुटि देस लैजानु र नगद षैचनु” भन्ने रहेको छ । नेपालमा स्तनधारी वन्यजन्तुका २०८ प्रजाति, चराका ८९० प्रजाति, सर्पका १२३ प्रजाति, उभयचरका ५५ प्रजाति, माछाका २३० प्रजाति, पुतलीका करिब ६५१ प्रजाति र फूल फुल्ने वनस्पतिका करिब ६,९७३ प्रजाति अभिलेख गरिएको छ । वन्यजन्तु अन्र्तगत स–साना कीटपतङ्गदेखि हात्ती जस्ता ठुला जनावर पर्छन् । सबै वन्यजन्तुको आ–आफ्नै पारिस्थितिकीय, आर्थिक, पर्यटकीय, वैज्ञानिक, धार्मिक तथा सांस्कृतिक महŒव छ । विश्वको खाद्य सुरक्षामा स–साना कीटपतङ्गको ठुलो योगदान छ । तिनले बालीनालीमा परागशेचन गरी वातावरणीय सेवा प्रदान गरेका छन् । वन्यजन्तु वंशाणु स्रोतका भण्डार हुन् । जैविक प्रविधिको माध्यमबाट मानव उपयोगी वंशाणु स्रोतको खोजी गरी घरपालुवा पशुपक्षीको नश्ल सुधार गर्न सकिन्छ । नेपालमा विश्वमै दुर्लभ बाघ, गैँडा, हात्ती, गौरीगाई जस्ता वन्यजन्तु पाइन्छन् । विश्वभर वन्यजन्तु पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको हुँदा नेपाललाई वन्यजन्तु पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बनाउन सकिने सम्भावना रहेको छ । धार्मिक दृष्टिकोणबाट हेर्दा वन्यजन्तु हिन्दु धर्मका विभिन्न देवीदेवतासँग जोडिएका छन् भने वन्यजन्तुका कारण राष्ट्रको प्रतिष्ठासमेत बढ्ने गरेको छ । नेपाल र बेलायतबिचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन वन्यजन्तुले पु¥याएको योगदान नेपालको इतिहासमा अविस्मरणीय छ । सन् १९२१ मा बेलायतका राजा जर्ज पाँचौँ नेपालमा ठोरीको जङ्गलमा एक महिना सिकार खेल्न आएका थिए । त्यस समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले उनलाई खुसी बनाएको हुँदा बेलायतले नेपाललाई सन् १९२३ मा सार्वभौमसत्ता सम्पन्न मुलुकको मान्यता दिएको थियो । यसरी सिकार कूटनीतिको माध्यमबाट नेपालले लाभ लिन सकेको थियो । नेपालमा विधिसम्मत रूपमा वन्यजन्तु संरक्षणको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ लागु गरेपछि भएको हो । यो ऐनले दिएको अधिकार प्रयोग गरी अहिले नेपालमा बाह्र वटा राष्ट्रिय निकुञ्ज, दुई वटा आरक्ष र छ वटा संरक्षण क्षेत्र स्थापना गरिएको छ । यीमध्ये सोह्र वटा संरक्षित क्षेत्र नेपाल सरकारबाट, अन्नपूर्ण, मनासलु र गौरीशङ्कर संरक्षण क्षेत्र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट र कञ्चङजङ्घा संरक्षण क्षेत्र स्थानीय समुदायबाट व्यवस्थापन गरिएको छ । नेपालका चौध वटा निकुञ्ज, आरक्षको सुरक्षा नेपाली सेनाले गरेको छ । वन्यजन्तु संरक्षणका लागि मूल कानुनका रूपमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ छ भने त्यस अन्तर्गत विभिन्न नियमावली, निर्देशिका, कार्यविधि, रणनीति र मापदण्ड बनेका छन् । वन्यजन्तु संरक्षणमा सहयोग पु¥याउने अन्य ऐनमा राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन–२०३९, सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन–२०७३, वन ऐन–२०७६ र वातावरण संरक्षण ऐन–२०७६ रहेका छन् । वन्यजन्तु संरक्षणको काममा सबै सरोकारवालाको सहभागिता जुटाउन राष्ट्रिय बाघ संरक्षण समिति नेपालको गठन गर्ने कानुनी व्यवस्था गरिएको छ भने वन्यजन्तु अपराध नियन्त्रण आदेश–२०८० जारी गरिएको छ । नेपालमा कुनै संस्था, निकाय वा स्थानीय तहले चिडियाखाना सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ भने व्यक्ति वा संस्थाले व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन र उपयोग गर्न सकिने कानुनी व्यवस्थासमेत गरिएको छ । नेपालको संविधानले वन्यजन्तु संरक्षणको कामलाई सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा राखेको छ । प्रदेश र स्थानीय तहले समेत वन ऐन–२०७६ को अधिनमा रहेर वनसम्बन्धी आ–आफ्ना कानुन बनाएका छन् । प्रदेश र स्थानीय तहको संस्थागत क्षमता कमजोर रहेकाले वन्यजन्तु संरक्षणको कामले प्राथमिकता पाउन सकेको छैन ।अहिले नेपालको कुल भूभागको ४४.७४ प्रतिशत अर्थात् ६६ लाख हेक्टर वन क्षेत्र रहेकाले वन्यजन्तुको सङ्ख्या बढ्दै गएको छ । कुल वन क्षेत्रमध्ये १८ प्रतिशत अर्थात् बाह्र लाख हेक्टर वन क्षेत्र संरक्षित क्षेत्रभित्र पर्छ भने संरक्षित क्षेत्रबाहिर ५४ लाख हेक्टर वन रहेको छ । चितुवा, सालक र रेडपान्डा संरक्षित क्षेत्रभित्रभन्दा बाहिरको वनमा धेरै रहेका छन् । हात्तीको अधिकांश विचरण क्षेत्र संरक्षित क्षेत्रबाहिरको वनमा रहेको छ । हात्तीको संरक्षणका लागि भूपरिधि स्तरमा वन्यजन्तु संरक्षणका काम गर्नुपर्ने हुन्छ । वन्यजन्तु आहारा, पानीको खोजी र शत्रुबाट बच्न मौसम अनुसार बसाइँ सर्ने गर्छन् । संरक्षित क्षेत्रभन्दा बाहिरको वनमा वन्यजन्तु संरक्षणको कामले प्राथमिकता नपाउने हुँदा वन्यजन्तुको चोरीसिकार बढेको छ । संरक्षित क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ र संरक्षित क्षेत्र घना मानव बस्तीले घेरिँदै गएका छन् । यसरी मध्यवर्ती क्षेत्रको भू–उपयोगमा परिवर्तन आएसँगै त्यहाँका जैविक मार्ग टुट्दै गएका गएका छन् र मानव वन्यजन्तु द्वन्द्व बढेको छ । अत्यधिक दोहन र प्रदूषणका कारण सिमसार क्षेत्रको उत्पादकत्व भने घटेको छ । वन्यजन्तु संरक्षण कठिन कार्य हो । अहिले वन्यजन्तु संरक्षणमा देखापरेका मुख्य चुनौती वन्यजन्तुको चोरीसिकार, बढ्दो अप्राकृतिक मृत्युदर, वन डढेलो, सिमसार क्षेत्रको विनाश, मानव वन्यजन्तु द्वन्द्व, विकास र वातावरणबिच सन्तुलन कायम राख्न नसक्नु एवं तीन तहका सरकारबिच समन्वय र सहकार्यको अभाव रहेको छ । यस्ता चुनौतीसँग जुध्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई वन्यजन्तु अपराध हेर्ने जिम्मेवारी तोकिएको छ भने भौतिक पूर्वाधारका कारण हुने गरेको वन्यजन्तुको अप्राकृतिक मृत्युदरलाई घटाउन वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका–२०७८ लागु गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गरी वन्यजन्तु संरक्षणको कामलाई सहज र द्वन्द्वमुक्त वनाउन मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यव्रmम लागु गरिएको छ । यस कार्यव्रmममार्फत सम्बन्धित निकुञ्ज, आरक्षले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशत रकम वन्यजन्तु प्रभावित क्षेत्रमा सामुदायिक विकासका काममा खर्च गरिँदै आइएको छ । यसका अलावा नेपाल सरकारले छुट्टै बजेट व्यवस्था गरी बाघ, भालु, गैँडा, हात्तीलगायतका सोह्र वटा वन्यजन्तुले मानिस, पशुधन र बालीनालीमा क्षति पु¥याएमा त्यसबापत राहत सहयोग प्रदान गरिएको छ । संरक्षण शिक्षाबाट वन्यजन्तु संरक्षणमा ठुलो योगदान पुगेको हुन्छ । अहिले सञ्चालन गर्दै आएको संरक्षण शिक्षा कार्यव्रmम प्रभावकारी हुन नसक्दा सर्वसाधारण जनतालाई कुन वन्यजन्तुको कसरी उद्धार गर्ने भन्ने आधारभूत ज्ञानको कमी छ । त्यसले गर्दा मृग प्रजातिको उद्धार कार्य प्रभावकारी हुन सकेको छैन । अहिले वनबाट गाउँघर र खेतबारीमा निस्केका रतुवा मृग, चित्तललाई पव्रmेर सुरक्षित वासस्थानमा छाड्ने गरिएको छ । यसरी छाडेका मृगमध्ये तुरुन्तै छाडेकाबाहेक अरू सबै मृग मर्ने गरेका छन् । मृग प्रजातिमा क्याप्चर मायोपेथी भनिने हृदयाघातको समस्या अत्यधिक बढी हुने गर्छ । त्यसले गर्दा कुनै घाउ, चोटपटक नलागेका मृग पनि लामो समयसम्म मानिसको सम्पर्कमा राखेमा हृदयाघातका कारण मर्ने गर्छन् ।नेपालले चोरीसिकार र वन्यजन्तुको आखेटोपहार ओसारपसारमा संलग्न व्यक्तिलाई पव्रmाउ गरी कडा कानुनी कारबाही गर्दै आएको छ । वन्यजन्तुको जीवविज्ञानका बारेमा चाहे अनुरूपको अनुसन्धान गर्न सकेको छैन । यसको जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोष नामको गैरसरकारी संस्थालाई दिइएको छ । यस संस्थाले एकाध वन्यजन्तुबाहेक अन्य वन्यजन्तुको विद्यमान अवस्था के कस्तो छ भन्ने विषयमा अध्ययन नगरेको हुँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ को अनुसूची १ मा रहेका संरक्षित वन्यजन्तुको सूचीलाई ५० वर्ष बितिसक्दा पनि परिमार्जन गर्न सकिएको छैन । पर्याप्त अध्ययनको अभावमा सङ्कटापन्न अवस्थामा पुगेका ओत, मलाहा बिरालो, थार, चितुवा जस्ता स्तनधारी वन्यजन्तु, डङ्गर गिद्ध र सानो खैरो गिद्ध जस्ता पक्षी, कछुवा जस्ता सरिसृप र पाहा जस्ता उभयचरलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गर्न सकिएको छैन । फलस्वरूप व्यापारिक महŒव भएका चितुवा जस्ता वन्यजन्तुका चोरीसिकार सामान्य दण्ड जरिबाना तिरेर सजिलै उम्कने गरेका छन् । जलवायु परिवर्तनले वन्यजन्तु संरक्षणमा कस्तो असर पार्न सक्छ भन्ने विषयमा अध्ययन भएको छैन । साथै परस्थानीय र वंशाणु परिवर्तन गरेका जीवजन्तु, वनस्पतिबाट रैथाने वन्यजन्तुलाई जोगाइराख्न अवलम्बन गर्नुपर्ने जैविक सुरक्षाका उपायबारेमा अध्ययन अभाव छ ।अन्त्यमा, वन्यजन्तु हाम्रा राष्ट्रिय सम्पत्ति हुन् र यिनको संरक्षण गर्नु हाम्रो राष्ट्रिय दायित्व हो । नेपालले वन्यजन्तुको दिगो उपयोगमार्फत हरित् अर्थतन्त्रको निर्माण गर्न सक्ने अथाह सम्भावना रहेको छ । त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तिनै तह एवं वन समूह, निजी र सहकारी क्षेत्रबिचको अन्तरसम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याएर समृद्धि हासिल गर्ने योजना तर्जुमा गर्नु पर्छ ।
यस नीतिको आलोचना यो छ कि यसले विश्वव्यापी आपूर्ति शृङ्खला बिगार्न, मुद्रा स्फीति बढाउन र व्यापार युद्धको जोखिम बढाउन सक्छ । अर्कोतर्फ समर्थकले यसलाई अमेरिकी उद्योग र अर्थतन्त्रको हितमा महत्वपूर्ण कदम मान्छन्, जसले विदेशी उत्पादनलाई प्रतिस्पर्धामा राख्ने र अमेरिकी उत्पादनलाई प्रोत्साहन दिने विश्वास राख्छ ।ट्यारिफ भनेको एकप्रकारको कर हो, जुन सरकारले आयात हुने वस्तुमा लगाउँछ । जसको उद्देश्य घरेलु उद्योगको संरक्षण, राजस्व सङ्कलन र व्यापार सन्तुलन कायम गर्नु हो । ट्यारिफ शब्दको इतिहास मध्ययुगीन व्यापारमा प्रयोग भएको थियो । यसले विदेशी वस्तुलाई महँगो बनाउँछ र स्थानीय उत्पादनलाई प्रतिस्पर्धात्मक लाभ दिन्छ । व्यापारिक दृष्टिकोणमा ट्यारिफ एक महìवपूर्ण उपकरण हो, जुन कुनै देशले आफ्ना घरेलु उद्योगको रक्षा र आर्थिक हितमा प्रयोग गर्छ । पारस्परिक ट्यारिफ पारस्परिक ट्यारिफ भन्नाले दुई वा बढी देशबिच आपसी सहमतिमा लागु गरिने व्यापारिक शुल्कलाई जनाउँछ, जसको उद्देश्य व्यापारलाई सहज बनाउनु र आर्थिक सहयोगलाई प्रवर्धन गर्नु हो । यसमा संलग्न देशले एक–अर्काका आयातमा ट्यारिफ घटाउने वा समान स्तरमा राख्ने सहमति गर्छन् । उदाहरणस्वरूप यदि एक देशले अर्को देशका उत्पादनमा १०५ ट्यारिफ लगाउँछ भने त्यसको जवाफमा दोस्रो देशले पनि पहिलो देशका उत्पादनमा १०५ ट्यारिफ लागु गर्ने छ । यो व्यवस्था प्रायः द्विपक्षीय वा बहुपक्षीय व्यापार सम्झौताको हिस्सा हुन्छ र अन्तर्राष्ट्रिय व्यापार सङ्गठन जस्तै जेनरल एग्रिमेन्ट अन ट्यारिफ एन्ड ट्रेड वा विश्व व्यापार सङ्गठनद्वारा यसको प्रवर्धन गरिएको छ । यसले वैश्विक व्यापारलाई सरल, पारदर्शी र न्यायपूर्ण बनाउँछ ।अमेरिकामा सबैभन्दा कम ट्यारिफ अमेरिकाका ट्यारिफ ऐतिहासिक रूपमा धेरै उच्च थियो । विशेष गरी १९ औँ र २० औँ शताब्दीको सुरुवातमा । सन् १९२९ को सेयर बजार गिरावट (जसले महामन्दीको सुरुवातलाई देखायो) को जवाफमा अमेरिकी राष्ट्रपति हर्बर्ट हुवरले सन् १९३० मा स्मुट–हॉली ट्यारिफ अधिनियममा हस्ताक्षर गरे । यसले कृषि र औद्योगिक आयातमा व्यापक ट्यारिफ लगाएर अमेरिकी कृषकको रक्षा गर्ने लक्ष्य राखेको थियो । यद्यपि धेरै देशले प्रतिव्रिmयास्वरूप ट्यारिफ लगाएका थिए, जसले अमेरिकी अर्थ व्यवस्थालाई कमजोर बनायो । सन् १९३४ को पारस्परिक व्यापार सम्झौता ऐनले अमेरिकी संरक्षणवादबाट टाढा जाने सङ्केत दिएको थियो, जसले राष्ट्रपतिलाई विदेशी सरकारसँग कम ट्यारिफमा सम्झौता गर्न र अधिक उदार वैश्विक व्यापारका लागि ढोका खोल्न अनुमति दियो ।डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ नीतिसन् २०२५ को अप्रिल २ मा डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको रोज गार्डेनमा घोषणा गरेका नयाँ ट्यारिफ नीतिले अमेरिकी व्यापार नीतिमा ठुलो परिवर्तन ल्याउने उद्देश्यले ल्याइएको छ । यो नीतिलाई उनले ‘लिबरेसन डे’ (मुक्ति दिवस) को संज्ञा दिएका छन् र यसले अमेरिकालाई विदेशी सामानमा निर्भर हुनबाट मुक्त गर्ने दाबी गरेका छन् । ट्यारिफका मुख्य विशेषतामा तीन प्रमुख प्रकारका छन् । पहिलो, १० प्रतिशत आधारभूत ट्यारिफ जुन सबै देशबाट आयात हुने वस्तुमा लागु हुन्छ, जसको उद्देश्य विदेशी सामानको मूल्य बढाएर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु हो । दोस्रो, पारस्परिक ट्यारिफ जसमा अमेरिकासँग ठुलो व्यापार घाटा भएका वा उच्च ट्यारिफ लगाउने देशमा थप ट्यारिफ लागु गरिने छ । तेस्रो, विशेष क्षेत्रमा ट्यारिफ जसमा अटोमोबाइल र पार्टस्, चीन, मेक्सिको, क्यानडा र भेनेजुएलाबाट तेल र ग्यास आयात गर्दा थप ट्यारिफ लाग्ने छन् ।१० प्रतिशत आधारभूत ट्यारिफ सबै देशमा लागु हुने छ र विशेष रूपमा अटोमोबाइल र तेल आयातमा थप ट्यारिफ लगाइएको छ, जब कि युनाइटेड क्मेट्स–मेक्सिको–क्यानडा एग्रिमेन्ट अन्तर्गतका सामानमा शून्य ट्यारिफ राखिएको छ । यद्यपि यस नीतिको आलोचना यो छ कि यसले विश्वव्यापी आपूर्ति शृङ्खला बिगार्न, मुद्रा स्फीति बढाउन र व्यापार युद्धको जोखिम बढाउन सक्छ । अर्कोतर्फ समर्थकले यसलाई अमेरिकी उद्योग र अर्थतन्त्रको हितमा महìवपूर्ण कदम मान्छन्, जसले विदेशी उत्पादनलाई प्रतिस्पर्धामा राख्ने र अमेरिकी उत्पादनलाई प्रोत्साहन दिने विश्वास राख्छ ।आयात शुल्कको विश्वव्यापी प्रभावडोनाल्ड ट्रम्पको ‘जस्तालाई तस्तै भन्सार दर’ नीतिले विश्वव्यापी अर्थतन्त्रमा व्यापक असर पार्ने सम्भावना छ । यसले अमेरिकी आयातमा १० प्रतिशत आधारभूत ट्यारिफ र विभिन्न देशमा उच्च पारस्परिक ट्यारिफ लगाउने छ, जसले आपूर्ति शृङ्खलामा अवरोध, व्यापार युद्धको जोखिम र विश्वव्यापी मुद्रा स्फीति निम्त्याउन सक्छ । प्रमुख अर्थतन्त्रमा चीन, युरोपियन युनियन र भारतका लागि ठुलो निर्यात प्रभाव पर्ने छ, जसले ती देशहरूको आर्थिक वृद्धिलाई मन्द गर्न सक्छ । विकासशील देशहरू जस्तै नेपाल र बङ्गलादेशमा महँगो आयात र घटेको निर्यातका कारण व्यापार घाटा र विदेशी मुद्रा सङ्कट बढ्न सक्छ । यस नीतिले ऊर्जा र वस्तु बजारमा मूल्यवृद्धि, वित्तीय बजारमा अस्थिरता र जलवायु लक्ष्यमा अवरोध निम्त्याउन सक्छ । साथै यसले चीन र युरोपियन युनियनलाई नयाँ व्यापारिक गठबन्धन बनाउन प्रेरित गर्दै विश्व बहुधु्रवीय व्यापार प्रणालीमा परिणत हुन सक्छ ।अमेरिकामा पर्ने प्रभावट्रम्पको नयाँ ट्यारिफ नीतिले अमेरिकामा व्यापक प्रभाव पार्ने सम्भावना छ । यसले आयातीत वस्तुको मूल्यवृद्धि गर्दा अमेरिकी उपभोक्तालाई वार्षिक दुई हजार ७०० देखि तीन ४०० डलर थप खर्च गर्न बाध्य बनाउन सक्छ, जसले जीवन स्तरमा असर पार्न सक्छ । उच्च मूल्यले स्वदेशी उद्योगलाई प्रोत्साहित गर्दै उत्पादन र रोजगारीमा सकारात्मक असर पु¥याउन सक्छ तर कच्चा पदार्थको मूल्यवृद्धि गर्दा उत्पादन लागत बढ्न सक्छ । मुद्रा स्फीति ४ प्रतिशतबाट ६.७ प्रतिशत पुग्न सक्छ र फेडरल रिजर्भलाई ब्याजदर बढाउन दबाब पर्न सक्छ । व्यापार घाटा घटाउने ट्रम्पको दाबीमा प्रतिशोधात्मक ट्यारिफले निर्यातलाई प्रभावित गरिरहेको छ, जसले व्यापार असन्तुलन सुधार गर्न गाह्रो बनाउँछ । दीर्घकालीन रूपमा स्वदेशी उत्पादनमा सरेर आयात निर्भरता घट्न सक्छ तर व्यापार युद्धको जोखिम र भूराजनीतिक तनाव पनि बढ्न सक्छ ।चीनको प्रतिक्रिया ट्रम्पको ट्यारिफ नीति र चीनको प्रतिव्रिmया विश्वव्यापी व्यापार र अर्थतन्त्रमा नयाँ दबाब र चुनौती सिर्जना गर्दै छन् । १ फेब्रुअरी २०२५ मा ट्रम्पले चीन, क्यानडा र मेक्सिकोका उत्पादनमा अतिरिक्त ट्यारिफ लागु गरेपछि चीनले अमेरिकी उत्पादनमा १०–१५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने निर्णय ग¥यो र विश्व व्यापार सङ्गठनमा विरोध दायर ग¥यो । चीनले आफ्नो विज्ञान र प्रविधिमा ठुलो प्रगति गरेको दाबी गर्दै आफूलाई वैश्विक स्तरमा सबल ठानेको छ । तर यसको निर्यात उद्योग, विशेष गरी सोलार प्यानल र अटोमोटिब क्षेत्रमा मूल्य कटौती र प्रतिस्पर्धा बढिरहेको छ । यसले चीनको अर्थतन्त्रमा दबाब बढाएको छ । चीनका अधिकारीहरूको अनुसार अमेरिकामा ट्यारिफको भार उपभोक्तामा पर्ने छ, जसले मुद्रा स्फीति र असन्तोष बढाउने सम्भावना छ । यसले विश्वव्यापी व्यापारमा थप अवरोध र अस्थिरता ल्याउन सक्छ ।भारतमा पर्ने असरडोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ नीति भारतको व्यापार र अर्थतन्त्रमा महìवपूर्ण प्रभाव पार्ने सम्भावना छ । अमेरिकाबाट २६ प्रतिशतका ट्यारिफले भारतका कृषि उत्पादन जस्तै बदाम, मकै र मोटरसाइकलको निर्यातमा कमी ल्याउन सक्छ, जसले व्यापार घाटा बढाउँछ र भारतको आर्थिक वृद्धिमा नकारात्मक असर पार्न सक्छ । यो नीतिले भारतको आयात लागत पनि बढाउने छ विशेष गरेर अमेरिकाबाट आयात हुने कच्चा पदार्थ, प्रविधि र औषधी महँगो हुने छन्, जसले उद्योगको उत्पादन लागत र मुद्रा स्फीति बढाउँछ । यसले उपभोक्ताको खर्च बढाएर जीवन स्तरमा असर पार्न सक्छ । भारतले प्रतिशोधस्वरूप अमेरिकाबाट आयातमा ट्यारिफ बढाउने योजना बनाउन सक्छ, जसले व्यापार तनावलाई जटिल बनाउँछ । दीर्घकालीन रूपमा भारतले नयाँ व्यापारिक साझेदारीको पुनरवलोकन गरेर अमेरिकासँगको निर्भरता घटाउने रणनीति अपनाउन सक्छ ।नेपालमा पर्ने असरट्रम्पको ‘जस्तालाई तस्तै भन्सार दर’ नीति नेपालमा सीमित असर पु¥याउन सक्छ किनकि नेपालका मुख्य निर्यातमा १० प्रतिशत ट्यारिफ लागु हुने छ । यसले नेपालका हस्तकला, गलैँचा, पस्मिना र तयारी पोसाकको मूल्य अमेरिकी बजारमा बढाउने छ, जसले यी वस्तुको मागमा केही कमी ल्याउन सक्छ । तर नेपालले कम ट्यारिफ पाउने भएकाले नेपाली उत्पादन चीन र भारतको तुलनामा सस्तो रहन सक्छ, जसले अमेरिकामा निर्यातको अवसर बढाउन मद्दत पु¥याउन सक्छ । अप्रत्यक्ष रूपमा भारत र चीनमा उच्च ट्यारिफका कारण नेपालका आयात लागत बढ्न सक्छ, जसले व्यापार घाटा र मुद्रा स्फीति बढाउने सम्भावना छ । यस नीतिले नेपालका लागि अवसर र चुनौती ल्याइरहेका छन् र नेपालले यसलाई स्वदेशी उत्पादन बढाउने र अमेरिकी बजारमा उपस्थिति बलियो बनाउन प्रयोग गर्न सक्छ ।नेपालका लागि केही अवसरट्रम्पको नयाँ ट्यारिफ नीतिले नेपालका लागि अवसर सिर्जना गर्न सक्छ, विशेष गरी नेपालका मुख्य निर्यात वस्तुहरू जस्तै कार्पेट, गार्मेन्ट, छुर्पी र फेल्टका सामानमा । नेपाल र अमेरिकाबिच व्यापारको मात्रा २०८१÷८२ को ८ महिनामा २८ अर्ब ७३ करोड रुपियाँ पुगेको छ र ट्रम्पको नीति अनुसार नेपालबाट अमेरिकामा निर्यात हुने वस्तुमा १० प्रतिशत भन्सार शुल्क लाग्ने छ, जुन अन्य प्रतिस्पर्धी देशको तुलनामा कम छ । यसले नेपालका उत्पादनलाई अमेरिकी बजारमा बढी आकर्षक बनाउँछ । त्यस्तै ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ अन्तर्गत ७७ प्रकारका सामानलाई भन्सार छुट उपलब्ध गराइएको छ, जसले नेपालका विशिष्ट उत्पादनलाई अझ सस्तो बनाउँछ । यदि यो नीति दीर्घकालसम्म जारी रह्यो भने नेपालका गार्मेन्ट उद्योग र अन्य उत्पादन क्षेत्रमा लगानी आकर्षित हुन सक्छ, जसले नेपालको निर्यात र आर्थिक विकासमा महìवपूर्ण योगदान पु¥याउन सक्छ ।निष्कर्ष ट्रम्पको ‘जस्तालाई तस्तै भन्सार दर’ नीतिको उद्देश्य अमेरिकी उद्योग र रोजगारीको संरक्षण गर्नु, व्यापार घाटा घटाउनु र विदेशी कम्पनीलाई अमेरिकामा उत्पादन गर्न प्रोत्साहन गर्नु हो । यस नीति अन्तर्गत प्रमुख व्यापार साझेदारले प्रतिशोधात्मक कदम चाल्ने सम्भावना छ, जसले व्यापार युद्धको जोखिम बढाउँछ । चीनले अमेरिकी कृषि उत्पादन र प्रविधिमा ट्यारिफ बढाउने सङ्केत गरेको छ भने युरोपियन युनियनले अमेरिकी मोटरसाइकल र ह्विस्कीमा उच्च ट्यारिफ राख्ने निर्णय गरेको छ । यी कदमले अमेरिकी निर्यातमा १०–१५ प्रतिशतसम्मको गिरावट ल्याउन सक्छ, जसले विश्वव्यापी व्यापारमा ५–१० प्रतिशत कमी ल्याउन सक्छ । यद्यपि ट्रम्प प्रशासनले ‘इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावरर्स एक्ट’ मार्फत आफ्नो नीति लागु गरेको छ, जसले विश्वव्यापी आपूर्ति शृङ्खला र उत्पादन लागतमा अवरोध ल्याउने जोखिम पर्छ । व्यापार युद्धको परिणामस्वरूप मुद्रा स्फीति र मन्दीको जोखिम पनि बढ़्न सक्छ । अमेरिकामा आयात महँगो हुने हुँदा मुद्रा स्फीति ४ प्रतिशतबाट ६–७ प्रतिशत पुग्न सक्छ, जसले उपभोक्ताको खर्च गर्ने क्षमता घटाउँछ । अन्य देशमा पनि यस्तै प्रभाव पर्न सक्छ, जसले विश्वको आर्थिक वृद्धि दरलाई १.५–२ प्रतिशतमा घटाउने जोखिम छ । व्यापार युद्धको सम्भावित परिणाम विश्व व्यापार सङ्गठन र द्विपक्षीय सम्झौताबाट न्यूनीकरण गर्न सकिन्छ ।