त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको राससलाई जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विकासको लहर हुनुपर्नेमा भ्रष्टाचार बढ्दै गएको आरोप लगाउनुभएको छ।
विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भइरहेको बेला लामो समयपछि दमौलीमा सडक विस्तार भएको हो ।
तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब नाै सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी करिब ९ सय पर्यटन भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष अमर वहादुर रोकायाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमका लागि सहतिय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।
पूर्वको चर्चित पर्यटकीय स्थल मुन्दुम ट्रेलसँग जोडिने ‘रेडपान्डा तथा थार ट्रेल’ सुरु भएको छ ।
ललितपुर जिल्ला पावरलिफ्टिङ सङ्घको आयोजना वैशाख ५ र ६ गते बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता हुने भएको छ ।
गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो ।
नेपाल सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यको सूचिमा परेको ओखलढुङ्गाको थोलेदेम्बामा गल्फ महोत्सव गरिएको छ ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ ।
अमेरिकी कर वार्ताका लागि जापानी वाणिज्य दूतले राष्ट्रिय हितको रक्षा गर्दै ‘दुबैको हित’ मा परिणाम आउने वार्ताका लागि आफू विश्वस्त रहेको बताउनुभएको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता रोक्ने बताउनुभएको छ । गाजा पट्टीमा तीव्र हवाई र भूमि आक्रमणहरू पुनः सुरु भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले बुधबार विषयगत सुझावहरू बुझाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण भएको प्रणाली लागु गर्ने तयारी गरेको छ ।