धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु भएको छ ।
साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
हेटौँडा बजारमा सञ्चालित एउटा निजी सैलुनलाई एसी र इन्भर्टर दिने तोक आदेश गरेपछि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा विवादमा पर्नुभएको छ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गर्नुभएको छ । बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उहाँको घोडाघोडी अस्पतालमा निधन भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधी लिमिटेड खरिद प्रक्रियामा समावेश नभएका कारणले औषधी खरिद रोकिएको बताएको छ ।
ताप्लेजुङस्थित नेपाल किसान महासङ्घको अध्यक्षमा भीमबहादुर गुरुङ चयन हुनुभएको छ । नेपाली कांग्रेसको भातृ संस्थाको रूपमा रहेको महासङ्घको चौथो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापामाथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको १० वर्षे प्रतिबन्ध सकिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐन संशोधनका लागि गठित कार्यदलले काम सुरु गरेको बताउनुभएको छ ।
ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सुनकोशी गाउँपालिकाले जितेको छ ।
साम्पाङ राईहरूको उद्गमस्थल खोटाङको बासपानीमा वैशाख १३ गते साम्पाङ राईहरूको केन्द्रीय सम्मेलन हुने भएको छ ।
यसअघि पटकपटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ । कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा बिहीबार डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिनुभयो ।
शिक्षकको प्रदर्शनका कारण पाल्पाका सामुदायिक विद्यालयमा भर्ना अभियान पूर्ण रूपमा प्रभावित बनेको छ । यहाँका शिक्षकहरू काठमाडौँ केन्द्रित प्रदर्शनमा सहभागी हुँदा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि निष्क्रिय जस्तै बनेका हुन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्नुहुने भएको छ ।
पहाडी जिल्लाहरूमा इँटा उद्योग कम सञ्चालनमा छन् । गुल्मीमा जिल्लामा पनि एउटा मात्रै इँटा उद्योग छ । जसले गाउँमै रोजगारीको सिर्जना गरेको छ ।
सङ्घीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बिहीबारदेखि धनुषाको लालगढमा सुरु भएको छ । मधेश प्रदेशसभा सचिवालयद्वारा आयोजित तीन दिने सम्मेलनमा उपसभामुखहरूको भूमिकासँगै नीतिगत सुधारका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ ।