• ६ वैशाख २०८२, शनिबार

किसान महासङ्घको जिल्ला अध्यक्षमा गुरुङ चयन

blog

किसान महासङ्घ ताप्लेजुङको नयाँ कार्यसमितिका पदाधिकारीलगायत ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, जवैशाख ४ गते । ताप्लेजुङस्थित नेपाल किसान महासङ्घको अध्यक्षमा भीमबहादुर गुरुङ चयन हुनुभएको छ । नेपाली काँग्रेसको भातृ संस्थाको रूपमा रहेको महासङ्घको चौथो जिल्ला अधिवेशनले गुरुङ अध्यक्ष रहेको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा विवेक घिमिरे र सचिवमा नन्दराज भारती चयन हुनुभएको छ । महासङ्घका अनुसार केन्द्रीय प्रतिनिधिमा कृष्णकुमार बस्नेत, उमा गुरुङ र नन्दराज बस्नेत चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा भने मणिप्रसाद अधिकारी, विवेक घिमिरे, अम्बिका मगर, कृष्णकुमारी गुरुङ, डम्बर बस्नेत र विना दर्जी सर्वसम्मत चयन हुनुभएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको प्रमुख आथित्यता तथा महासङ्घका केन्द्रीय सदस्य तिलप्रसाद सुब्बाको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । किसान महासङ्घले समग्र किसानको हकहित र देशको नीति निर्माणका निम्ति भूमिका खेल्ने केन्द्रीय सदस्य सुब्बाले उल्लेख गर्नुभयो ।