सङ्घीय राजधानी काठमाडौँ र पर्यटनको राजधानी पोखरा जोड्ने मुख्य सडक पृथ्वीराजमार्गमा अहिले यात्रा गर्न कठिन छ। मुग्लिनदेखि पोखरासम्मको यो सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ।
लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान हुनुभएको छ। रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका-५, किरिङ टोलमा आइतबार अपराह्न नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी भएपछि साथीसँगै घर नजिकै बागमती सिँचाइ आयोजनाको नहरमा नुहाउन गएका स्थानीय जनिफ मन्सुरका छोरा १५ वर्षीय सहमद मन्सुरको डुबेर मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्ट व्यक्तिले पाउँदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछि पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरेको वरिष्ठ शाखा अधिकृत देविराम भण्डारीले जानकारी दिनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औँल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छन् ।
पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र आवश्यक योजना ल्याउने बताउनुभएको छ ।
नेपालका रवि शाही विश्व गोजुरियो कराते महासङ्घको रेफ्री कमिसन सदस्यमा चयन हुनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस आन्दोलनका सहिदहरूको सम्मानको लागी मधेस सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो।
पेरिस पारा ओलम्पिकका नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई नेपाली काँग्रेस पार्टीले पाँच लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभएको छ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा जर्मनीले हङ्गेरीलाई ५–० गोलले हरायो ।