चन्द्रपुर समाचारदाता
चन्द्रपुर (रौतहट), वैशाख ४ गते । परम्परागत रूपमा घरेलु काम र खेतको सामान्य श्रममा सीमित मधेशका महिला आधुनिक कृषिमा सव्रिmय भूमिका खेल्न थालेका छन् । रौतहटका महिला खेतमा काम गर्ने मात्र होइन ट्याक्टर चलाउँदै खेत जोत्ने काममा समेत होमिन थालेका छन् ।
रौतहटको राजपुर र चन्द्रपुर नगरपालिकामा केही वर्षअघिसम्म ट्याक्टर चलाउने काम केवल पुरुषले गर्ने काम मानिन्थ्यो । पछिल्लो समय महिलाले समेत कृषि मेसिन चलाउने तालिम लिएर यस्तो काममा अग्रसरता देखाएका हुन् ।
रौतहटको राजपुर नगरपालिका–१, भगवानपुरकी ३४ वर्षीय सावित्री देवी पहिले खेतमा झार मात्र काट्ने गरेकोमा अहिले आफै ट्याक्टर चलाएर जोत्न थालेको बताउनुहुन्छ । “यसले हाम्रो आत्मविश्वास बढाएको छ,” उहाँ भन्नुहुन्छ । स्थानीय स्तरमा काम गरिरहेको ग्रामीण विकाश केन्द्रको पहलमा उहाँले हाते ट्याक्टरको तालिम लिनुभएको थियो ।
राजपुर–५ का मरछिया देवीले ट्याक्टर चलाउन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “महिला पनि सक्षम छन् भन्ने देखाउन पाउँदा गर्व लाग्छ,” उहाँले भन्नुभयो, “गाउँमा सबैले मलाई हेरेर हौसला लिन्छन् ।”
कृषि क्षेत्रमा महिलाको सहभागिता बढ्दा उत्पादनमा समेत सुधार हुने विश्वास गरिएको छ । स्थानीय तहबाट प्राप्त सहयोग, महिलामैत्री कार्यव्रmम र आधुनिक कृषि उपकरणको पहुँचले मधेशी महिलाको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने स्थानीयले बताएका छन् ।