तनहुँमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ ।
यस महिना पक्राउ परेकी एक पूर्व सुन्दरी (ब्युटी क्विन) ले पूर्व साउदी राजदूतबाट ५० लाख डलर जबरजस्ती उठाउने प्रयासमा हनी–ट्र्याप गर्ने कोशिश गरेको बङ्गलादेश प्रहरीले बिहीबार बताएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । बिहीबार तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।
वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्रामा दुई समुदायबिच भएको झडपमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको कसुरमा पक्राउ परेका पाँच जनामाथि राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ ।
सिइसी काठमाडौँ र गण्डकी हिरोज केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लबस्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका बेला बर्दियाका सामुदायिक विद्यालयहरू भने सुनसान छन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा रहेका लक्षित बालबालिकालाई आवश्यक खोप दिएसँगै गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब आर्थिकरूपमा अर्थहीन भएको बताउनुभएको हो ।
खोटाङमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गङ्गाप्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो।
जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा बेहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो वर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो ।
म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाहा गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ ।
आगलागीको जोखिमलाई मध्यनजर गर्दे कञ्चनपुरका दुई पालिकाले संयुक्त रूपमा अग्नि नियन्त्रक दमकल खरिद गर्ने निर्णय गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपलिका–३ स्थित पुलचोक, ढुक्चे र स्याङगाउँका स्थानीयवासीले लगाएका उवाखेती र आसपासका क्षेत्र ।