• ६ वैशाख २०८२, शनिबार

खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु

blog

राजकुमार भट्टराई

खोटाङ, वैशाख ४ गते। खोटाङमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गङ्गाप्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो। 

घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जाँदा ढकाललाई चट्याङ लागेको पाइएको वडाध्यक्ष लीला चौहानले बताउनुभयो। बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहीबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाइ छ। 

विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको वडाध्यक्ष चौहानले बताउनुभयो। चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको उहाँको भनाइ छ। 

चट्याङ लागेर मृत्यु भइसके पछि ढकाललाई मृत अवस्थामा भेटिएको हो।