काठमाडौँ, वैशाख ५ गते । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था [युनेस्को] अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो । विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ [वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू], लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ । विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने उहाँले सुनाउनुभयो ।सम्पदा प्रभाव मूल्याङ्कन गरिनेसम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो । पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले राससलाई जानकारी दिनुभयो । सम्पदा प्रभाव मूल्याङ्कनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम गत वर्ष दिइएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै सम्पदा प्रभाव मूल्याङ्कन सुरु भएको उहाँले बताउनुभयो ।विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ । ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गरिएको हो । कार्यविधिले गरेको व्यवस्थाअनुसार सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कनको प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार [५ देखि ७ गते]सम्म सञ्चालन हुने छ ।
वन्यजन्तु सप्ताहको अवसर पारेर प्रजनन केन्द्रमा हुर्काइएका घडियाल गोही चितवन राष्ट्रिय निकुञ्जले नदीमा छाडेको छ । निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काइएकामध्ये १५ वटा घडियाल गोहीका बच्चा निकुञ्जले राप्ती नदीमा छाडेको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरभित्रका सडक फूलैफूलले सजिएका छन् । सडकबिचको डिभाइडरमा थरी थरीका फूल ढकमक्क छन् । सडक किनारामा हरियाली उस्तै छ ।
गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई बिहीबार वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बदनाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताउनुभएको छ ।
पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ बाट सम्मानित भएका छन्।शिलापत्र मल्टिमिडियामा कार्यरत कुँवरलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।
धरान उपमहानगरपालिका–६ स्थित पाचकन्या सामुदायिक वनमा मृत्त भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिकाकी ३४ वर्षीया चुनकुमारी दाहालकाको हत्याको संलग्नमा ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल महिला सङ्घका २० जना केन्द्रीय सदस्यको सामूहिक राजीनामाबारे छलफल हुने बताउनुभएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको बताएको छ ।
नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। वैशाख २ गते मंगलबारदेखि नदीमा डुबेर दुई जना बेपत्ता भएकोका थिए। बिहीबार दुवै जनाको शव फेला परेको हो।
सुनसरीको गढी गाउँपालिका–६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा बिहीबार बिस्कुन सुकाउँदै किसान । सडक तथा पुलमा बिस्कुन सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।
नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ। गृह मन्त्रालयको बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो।
जिल्लाका कृषकलाई आधुनिक कृषि ज्ञान सीप दिनलाई स्थापना भएको कृषि विकास कार्यालय हो। तर जिल्लाको कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यालयका कर्मचारी कार्यालयको योजना हेर्दै दिनचर्या बिताएका छन्।
मेलमिलाप परिषद अध्यक्ष कुमार रेग्मीले स्थानीय तह मातहतका न्यायिक समिति र मेलमिलापकर्ताको सक्रियताले समाजमा हुने अनेकन झमेलाको अन्त्य हुने बताउनु भएको छ।