• २ वैशाख २०८२, मङ्गलबार

सुमित्रालाई उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३० गते  ।  ‘एच्यु हेयर ओयल  ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५, सिजन ७’ को उपाधि विराटनगरकी ब्युटिसियन सुमित्रा खवासले पाउनुभएकी छ । ललितपुरको च्यासलस्थित ज्यापू एकेडेमी भवनमा सम्पन्न प्रतिस्पर्धामा धादिङकी सुजिता अधिकारी दोस्रो र धरानकी स्मृति सुब्बा तेस्रो हुनुभयो ।  जयनसुब्बा मानन्धरको कोरियोग्राफी, कस्मोलोजिस्ट परिसी कारञ्जितको संयोजन एवं पहिलो सिजनको विजेता सरिता भारतीको व्यवस्थापनमा प्रतियोगिता भएको थियो । कार्यव्रmममा वरिष्ठ अभिनेता भुवन केसीले ब्युटिसियनका लागि यो एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो ।  आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारञ्जितले ब्युटिसियनको व्यक्तित्व विकासका लागि विगत आठ वर्षदेखि नियमित रूपमा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।