• २ वैशाख २०८२, मङ्गलबार

बौद्ध–तिमाल जात्रा सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३० गते । पितृको आत्मशान्ति एवं मोक्षको कामना गर्दै चैत्र शुक्ल पूर्णिमाका अवसरमा मनाइने बौद्ध–तिमाल जात्रा शुक्रबारदेखि सुरु भएको छ ।  तामाङ सभ्यताको उद्गम थलो मानिने काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध, बौद्ध स्तूपमा परिक्रमा गर्दै बत्ती बाल्ने, लामा गुरुले पितृको मोक्षको कामना गर्दै पूजा प्रार्थना गर्दै यो जात्रा मनाइन्छ । 

काभे्रपलाञ्चोकस्थित तिमालका अन्तिम राजा रिन्जिन दोर्जेले चैत्र शुक्ल पूर्णिमालाई राजकीय पर्वका रूपमा मनाउने घोषणा गरेकोदेखि यस जात्रालाई तिमाल जात्रा भनिएको कथन प्रचलित भए पनि देश विदेशमा बस्ने तामाङ समुदायले मनाउने जात्रा, संस्कृतिमध्ये तिमाल जात्रा विशेष मानिन्छ ।  

बौद्ध, तिमाल जात्रा व्यवस्थापन समितिले बौद्ध  क्षेत्रमा मेला भर्न आउने श्रद्धालु भक्तजनका लागि प्रसाद, टेन्टको व्यवस्था मिलाएको छ । 

बौद्ध निवासी वीरबहादुर वाइबाले बौद्धवासीले देशभर तथा विदेशबाट समेत मेला भर्न आउने श्रद्धालुका लागि हरेक वर्ष सकेको सुविधा दिँदै आएको र यस वर्ष पनि श्री बौद्ध तामाङ कल्याण गुठी र  स्थानीय सङ्घ संस्थाको सहयोगमा जात्राको व्यवस्थापन गरिरहेको बताउनुभयो । उहाँले शुव्रmबार बौद्धमा बत्ती बालेपछि भक्तजन रातभर जाग्राम बसेर नागार्जुन डाँडा परिव्रmमा गर्दै बालाजुमा नुहाउने बताउनुभयो । उहाँले भक्तजन स्वयम्भू पुगेर पितृ उद्धारका लागि बत्ती बालेपछि तिमाल जात्रा समापन हुने जानकारी दिनुभयो । समुदायको पहिचानकै रूपमा मनाइने यस जात्रामा सहभागीले तामाङ सेलो, फापरे गीत, समूह/समूह मिलेर गाउँदै दुःखसुख साट्ने परम्परा पनि रहेको छ ।