चन्द्रपुर नगरपालिकाका अध्यक्ष सञ्जय काफ्लेले व्यवसाय यस्तो होस् जसले स्थानको परिचय दिन सकोस् भन्नुभएको छ ।
नेकपा (एमाले) का सांसद डा. विमला राई पौडेलले मिटरब्याज पीडितको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
सरकारले सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर यही कानुनी मान्यताबाट फाइदा उठाउँदै भ्रूण पहिचान गरी छोरी भएमा भ्रूण हत्या गर्ने गरिएको पाइएको छ ।
नेकपा (एमाले) का सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
राष्ट्रिय सभाका सांसद महेशकुमार महराले मृत्युको दोसाँधमा रहेका प्रहरी जवान हर्कस विष्टको उपचारमा सरकार र स्वयम् नेपाल प्रहरीले बेवास्ता गरेकोमा आपत्ति जनाउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाग्लुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो ।
नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व अध्यक्ष विक्रम निरौलालाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व २०७८–७९’’ पेश गर्नुहुने छ ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुङ्गो लगाउने निर्णय गरेको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले चिनियाँ समकक्षी सी जिनपिङसँग व्यापार र युक्रेनको मध्यस्थताबारे छलफल गर्न आगामी साता बेइजिङमा भेटवार्ता गर्नुहुने भएको छ ।
मोरङको पथरीशनिश्चरे -३, पिपलचौकमा निर्माणाधीन पशु अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।