गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।
‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ रु’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन ।
जिल्ला प्रशासन कार्यालय नवलपुरमा 'टाइम कार्ड' लागू गरिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ का ४३ मध्ये २९ स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ ।
नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा निर्यात बढेको देखिएको हो ।
बर्सभरिमा एक पटक उत्पादन हुने कात्तिके बालीको बीउ छर्नलाई जिल्लाका किसानलाई हिजोआज भ्याइनभ्याइ छ । यति बेला जिल्लाका किसान कात्तिके बाली कोदो, मकै, आलु , भट्मासको बीउ छर्न व्यस्त छन् ।
काभ्रेली साहित्यकार सूर्यप्रसाद लाकोजूको कथासङ्ग्रह सत्याग्रह प्रकाशन भएको छ । यो कथासङ्ग्रह ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।
चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिनुहुन्छ, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उहाँको दैनिकीजस्तै बनेको छ ।
समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदै छ । युवती बलात्कारको आरोप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा सञ्चालन हुँदै आएको गल्बा क्याम्पसको नयाँ बन्नु पर्ने भवन अधुरो र अलपत्र अवस्थामा रहेको छ । क्याम्पस व्यवस्थापन समितिले निर्माण जिम्मा लिएको भवन पूर्ण रूपमा निर्माण नगरिँदा हाल भवनको अवस्था अधुरो र अलपत्र अवस्थामा रहेको हो ।
गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।