स्वास्थ्य बिमा गरेका ५५ प्रतिशतले स्वास्थ्य सेवा नलिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । ६४ लाखभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकोमा ५५ प्रतिशतले स्वास्थ्य सेवा नलिएको तथ्याङ्क सार्वजनिक गरिएको हो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ६४ लाख ५४ हजार ७७२ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको जानकारी दिनुभयो । उक्त सङ्ख्या नेपालको कुल जनसङ्ख्याको २२ प्रतिशत हो । बिमा नवीकरण गर्नेको सङ्ख्या भने ३८ लाख ७१ हजार ८५० छ । सरकारले स्वास्थ्य बिमा सुरु गरेको सातौँ वर्षको उपलक्ष्यमा स्वास्थ्य बिमा बोर्डले शनिबार आयोजना गरेको कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएका छन् ।
मधेसका आठ जिल्लामा रहेको दास प्रथा हरवा चरवाको पुनस्र्थापनाको मागसहित चार दिने अधिकार यात्रा २०७९ आज शनिबारदेखि सुभारम्भ भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक कार्यक्रमबीच आज सो अधिकार यात्राको रिबन काटेर सुभारम्भ गर्नुभएको हो ।
उपराष्ट्रपति रामसहाय यादवले जनकपुरधामको जानकी मन्दिरमा शनिबार विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ।
पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्र नै हामी सबैको पहिचान भएको बताउनु भएको छ ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघमा ४१ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।
सभामुख देवराज घिमिरेले शीर्ष दलका नेताबीच कुराकानी नभइरहेको अवस्थालाई मध्यनजर गरेर बैठक बोलाइएको बताउनुभएको छ।
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ । शनिबार साँझ भएको खेलमा युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताउनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगिने स्पष्ट पार्नुभएको छ।
भारतवाट मजदुरी गरेर नेपाल आउदै गरेका नेपाली सिमा सुरक्षावल (एसएसपी) बाट लुटिएका छन् । नेपाल र भारतको सिमा वनवासा गड्डाचौकीमा नेपाली मजदुर भारतीय सुरक्षा वलबाट लुटिएका हुन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ।