हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो।
हरेक दिन हजारौँ पैतलाले चुम्छ न्युरोड । हजारौँ मनको क्रीडास्थल हुन्छ न्युरोड । रङ्गिला सपनामा मुस्कुराउँछ–न्युरोड । इन्द्रेणी विपना बोकेका मानिसहरूको स्वर्णिम सौन्दर्य हो– न्युरोड । हृदयमा प्रेमिल यौवन बोकेर आउँछन् मानिसहरू ! मस्तिष्कमा गुलाफी रङ पोतेर आउँछन् अधवैंसेहरू ! प्रेमको काल्पनिक स्वर्ग कल्पिएर आउँछन्– तन्नेरीहरू ! सपनाको धरोहर हो न्युरोड । विपनाको प्रिय गन्तव्य हो न्युरोड ।
कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डको अवरुद्ध सडक सुचारु भएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका –३ को धुला चौर नजिकको साका चौरको भीरमा बिच सडकमा बिग्रिएको जेसिवी मेशिन मर्मत गरिएपछि अवरुद्ध सडक सुचारु भएको हो ।
बाढी टल्कँदै बगेका छन् किरणहरू पहिरोमा क्या सुन्दर अक्षरहरू छङछङाउँथे सङ्लो नदीझैँ ! बग्दै कल्कलाउँथे चैतन्यमय भुल्काहरू सत्यका लहर र छालहरू उराल्दै !
जिन्दगी बन्ने आसमा कोही अल्झिएको छ तासमा कोही । घिउ चिनीको मिठासमा कोही दास बन्छन् बिलासमा कोही ।
गद्य कविताका अनुरागी सचेत पाठक हृदयमा स्वतःस्पूmर्त खुल्दुली जन्माएर तरङ्गित बनाउने बडो पृथक् शीर्षकमार्पmत जन्माएको गद्य कविता सङ्ग्रह हो– ‘नदी बग्दैन’ । प्रस्तुत अमर काव्यपुञ्जका काव्यकार हुनुहुन्छ चर्चित कवि श्याम रिमाल । सपेराले साँपलाई द्रष्टा आँखामा जादुगरी चमत्कार खेल देखाएजस्तै बडो नवीन एवं पृथक् शैलीमा काव्य रचनाहरू प्रस्तुत गर्नुभएको छ कवि रिमालले । गद्य कविताका वर्तमान प्रतिनिधि कवि रिमाललाई गनिएका कवि शिल्पकार हुनुहुन्छ भनी चिनाउनु जरुरी छैन । प्रौढ परिपक्व उमेरले नेटो नकाटेको लेखकीय मापनलाई सहजै चुनौती दिन्छ ।
सिमरौनगढ हाम्रो देशको एउटा प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थल हो । यसको प्राचीन गौरव र गरिमा अत्यन्त सम्पन्न, समृद्ध, सभ्य तथा सुसंस्कृत रहेको सर्वविदितै छ । यसलाई मिथिला, डोय विदेह र तिरहुतको राजधानी पनि मानिएको छ ।
पछिल्लो समय सङ्घीय राजधानी काठमाडौँको उत्तरी किनारतिर रहेको नागार्जुन पर्वत धेरै पदयात्रीको आकर्षणको केन्द्र बन्न पुगेको छ । अहिले धेरैजसो मानिस भ्रमण, चरा अवलोकन र जिप सफारीका लागि त्यहाँ पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको एउटा खण्डका रूपमा चिनिएको १५ वर्ग किमि क्षेत्रफलमा फैलिएको नागार्जुन पर्वतलाई धार्मिक, सांस्कृतिक, पौराणिक, जैविक, पर्यटकीय आदि दृष्टिले ज्यादै उत्कृष्ट गन्तव्यका रूपमा लिन सकिन्छ ।
स्वास्थ्य परीक्षणका लागि जनकपुर लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लोहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रबार अपराह्न फरार भएका हुन ।
हराउँदै गएको झाम्रे, सालैजो तथा कौरा जोगाउन यहाँका युवा पुस्ता लागेका छन्। अघिल्लो पुस्तासम्म मगर समुदायमा लोकप्रिय हुँदै आएको झाम्रे, सालैजो तथा कौराको परम्परा लोप हुन थालेपछि यसको संरक्षण गर्न यहाँका युवा पुस्ता अभ्यासमा लागेका छन्।
व्यास नगरपालिकाको वडा नम्बर १ को कार्यालयले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप दश हजार अनुदान दिएको छ । जैविक कृषिलाई प्रोत्साहन गर्न र हाते ट्याक्टर खरिद गर्न नसक्ने कृषकलाई जीविकोपार्जनलाई सहज बनाउन अनुदान दिइएको वडाध्यक्ष रमेशचन्द्र हड्खलेले जानकारी दिनुभयो । वडाले १२ जना कृषकलाई रकम प्रदान गरेको छ ।
घोडाघोडी नगरपालिकामा–१, घोडाघोडी गाउँमा रिङरोड कालोपत्रे गरेको एक हप्ता नबित्दै झार उम्रियो। सडकमा झार उम्रिएको हल्ला फैलिएपछि निर्माण कम्पनीका कर्मचारीले झार मार्ने विषादी छरेर फरार भएका थिए। पूर्व–पश्चिम राजमार्गको घोडाघोडीदेखि कैलाशपुरसम्म निर्माण भएको कालोपत्रे सडकमा झार उम्रिएपछि स्थानीयले गुणस्तरमाथि शङ्का गर्दै पुनः निर्माणको माग गरेका छन्।
मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनः स्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन् ।