फलको राजा मानिने आँपमा फूल लाग्ने बेलादेखि नै रोगको प्रकोप बढेकाले यो वर्ष उत्पादनमा ह्रास आउने भएको छ । मौसमी प्रतिकूलता र रोगका कारण आँपको फूल (मञ्जर) नै डढेकाले उत्पदनमा निकै कमी आउने जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । बोटमा फल नलागेपछि आँप कृषकले करोडौँ रुपियाँ बारबरको क्षति बेहोर्नुपर्ने भएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको मस्यौदा तयार गर्ने समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव भूपाल बरालको नेतृत्वमा सरकारले समिति गठन गरेको हो । मस्यौदा लेखन समितिमा मन्त्रालयकै सहसचिवहरू उत्तरकुमार खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य हुनुहुन्छ । समितिलाई बजेट वक्तव्यसहित दुवै सदनमा पेस गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने जिम्मेवारी तोकिएको छ ।
सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताउनुभयो।
संसद् सचिवालयमा दर्ता भएको विधेयकमा नागरिकले अब अनलाइन माध्यमबाटै सुझाव तथा प्रतिक्रिया दिन पाउने भएका छन् । सङ्घीय संसद् सचिवालयले यस्तो अभ्यासलाई नियमित र प्रभावकारी बनाउन शुक्रबारदेखि तीनवटा विधेयकमा पथप्रदर्शी अभ्यास सुरु गरेको छ ।
नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो । यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु-याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (यूएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले सीमा क्षेत्रमा हुनेगरेको प्रतिबन्धित पशुपन्छी तथा पशुपन्छीजन्य सामग्रीको अवैध आयात रोक्न गृह मन्त्रालयसँग समन्वय गर्ने बताउनुभएको छ ।
तराई–मधेसमा विद्यमान दास प्रथाको अवशेषको रूपमा रहेको हरवा चरवा समस्या समाधानका लागि भोलि शनिबारदेखि चार दिने ‘अधिकार यात्रा २०७९’ सुरु हुनेभएको छ ।
फ्रेण्ड्स क्लबमाथि २-० को जित निकाल्दै मनाङ मर्स्याङ्दी फुटबल क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
निर्देशक प्रकाश धितालको आँखाको नानी भित्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेट क्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ।
सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ।