धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको गायत्री मन्दिर परिषरमा आकर्षक पार्क निर्माण गरिएको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेअन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विज्ञापन क्षेत्रको दायरा बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
एसइई परीक्षा दिएर फर्किएका एक परीक्षार्थीको दुर्घटनामा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका –४ गोठिबाङ वडा कार्यालय नजिकै भएको दुर्घटनामा बेलबास माध्यमिक विद्यालय तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गर्नु भएको छ ।
गायिका भावना आचार्य र गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा ‘उडी उडी आ सुबा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको तयारीबारेमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन गरिएको छ ।
पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्कअनुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।
प्रतिनिधि सभा बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
फिल्म ‘बहाव’ आजबाट प्रदर्शनमा आएको छ । बाबु–छोरीको सम्बन्धमा केन्द्रित फिल्म श्रीधर पौडेलले निर्माण गर्नुभएको हो भने फिल्मलाई प्रमोद कँडेलले निर्देशन गर्नुभएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिका –१ स्थित पूर्व–पश्चिम लोकमार्गमा आज शुक्रवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् ।
चीनले अमेरिकाको क्यालिफोर्निया हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।
श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको छ ।