सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई करको दायरामा ल्याइने बताउनुभएको छ । सरकारको नीति तथा साझा कार्यक्रमलाई आज विशेष समारोहबीच सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष हस्तान्तरण गरिएको छ । न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण गर्ने कार्यक्रममा साझा कार्याक्रम मस्यौदा कार्यदलका सदस्य तथा पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले केहीबेरअघि हस्तान्तरण गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा बिहीबार मात्र २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७८० एन्टिजेन र २४ पीसीआर विधिबाट परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सुनसरीको इनरुवा नगरपालिकाले नयाँ उद्यमी तथा महिला कृषकलाई स्प्रे मेसिन वितरण गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको संयुक्त सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
अङ्ग्रेज फौजलाई विश्वमा पहिलो पटक पराजय गराएको सिन्धुलीगढी युद्धमा विशेष योगदान गरेका सिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख खिलध्वज पन्थीले क्रिकेटर अर्जुनलाई ३० हजार रुपियाँसहित सम्मान गरेको छ ।
सुनसरीको इनरुवा नगरपालिका –२ शंकरपुर नहर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले बिहीबार हनुमान जयन्तीको अवसरमा कलशयात्रा निकालिएको छ ।
बचत गर्ने र बिनाधितो ऋण दिने भन्दै चर्को व्याज लिएर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् ।
प्रतिनिधि सभा बैठकमा दुई महत्त्वपूर्ण विधेयक टेबुल भएको छ ।
सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गर्नुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नौ महिने नाकाबन्दीको डटेर सामना गरेकै कारण नेपाली जनताको पहिलो रोजाई एमाले बनेको बताउनुभएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन भए उल्लङ्घन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताउनुभयो ।
रियल म्याड्रिड स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको ‘एल क्लासिको’ भिडन्तमा रियलले बार्सिलोनालाई उसैको मैदानमा ४–० गोलले हरायो ।