• ८ पुस २०८१, सोमबार

कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौं, चैत २३ गते । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नुभएको हो ।

उहाँले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनयन गरेको जानकारी गराउनुभयो । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू अजयकुमार चौरसिया, अनितादेवी, गङ्गाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ र नागिना यादव पर्नुभएको छ ।

त्यसैगरी पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा र रुपा सोसी चौधरी पनि समितिमा पर्नुभएको छ । सभामुख घिमिरेले लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई पनि कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेको जानकारी गराउनुभयो ।