• १३ मंसिर २०८१, बिहिबार

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

अर्थतन्त्र सुधार गर्न पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकता दिइने (पूर्णपाठसहित)

blog

नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत्र २३ गते । सरकारले देशको अर्थतन्त्र सुधारका लागि सरकारले पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा राख्ने जनाएको छ । बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो । 

उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।  

उहाँले अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई प्राथमिकता दिने योजना रहेको  बताउनुभयो । उहाँले भन्नुभयो,“अर्थतन्त्रको विकासका लागि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्दै लगिनेछ । यस्तै कृषि जलस्रोत र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिनेछ ।” 

उहाँले सरकारी, सहकारी र निजी क्षेत्रको समन्वात्मक तथा क्रियाशीलतको आधारमा विकास आयोजनाहरु सञ्चालन गर्ने योजना पनि रहेको बताउनुभयो  ।

विकास निर्माण कार्य गर्दा दुई पालिकामा जोडिएको काम प्रदेशले र दुई प्रदेशमा जोडिएको काम संघले गर्ने मान्यतालाई स्थापित गरिने छ ।  

स्वदेशी लगानीलाई प्रोत्साहन गरी विदेशी लगानीलाई आकर्षक गर्ने गरी लगानीमैत्री वातावरण निर्माण गर्ने योजना समेत छ ।  

करदातालाई प्रोत्साहित गदै कर छली, चोरी,पैठारी, हुण्डीजस्ता कारोबारको अन्त्य गरिने कार्यक्रममा उल्लेख छ । 

न्यूनतम साझा कायक्रम सार्वजनिक गर्दै उहाँले भन्नुभयो, विगतदेखि कर चुक्ता गर्न  नसकेका ठूला उद्योग व्यवसायलाई करमा लगाइएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्ताबन्दीमा तिर्ने सुविधा उपलब्ध गराइनेछ ।

यो पनि पढ्नुहोस

‘सामाजिक सञ्जालको विज्ञापनलाई करको दायरामा ल्याइने’