नेपाली साङ्गीतिक जगत्मा चर्चित नाम हो, विशाल ढकाल । ठूला चलचित्रलगायत असङ्ख्य गीतमा सङ्गीत दिएका ढकाल निरन्तर यही क्षेत्रमा सक्रिय हुनुहुन्छ । रोजगारीको सिलसिलामा अहिले अस्ट्रेलिया बस्दै आएका उहाँ नवलपरासीको गैँडाकोट नगरपालिका–५, पारिजात टोलका स्थायीवासी हुनुहुन्छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आगामी वैशाख ५ र ६ गते ऊर्जा सम्मेलन गर्ने भएको छ । ऊर्जा क्षेत्रका नयाँ आयाम, विद्युत् व्यापार तथा खपत विस्तारलगायतका विषयमा छलफल गर्ने गरी सम्मेलन आयोजना गर्न लागिएको इप्पानले जनाएको छ ।
बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट राजीनामा दिएको लामो समय हुँदासमेत सरकारले पूर्णता पाउन सकेको छैन। केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै प्रदेशमा पनि बदलिएको सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा सरकार विस्तारमा ढिलाइ भएको हो। गत पुस २५ गते नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री बनाउन समर्थन गरेका चार दलमध्ये नेकपा (एमाले) सरकारबाट बाहिरिएको झन्डै दुई साता र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेको एक महिनाभन्दा लामो समय बितिसकेको छ।
काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक रु एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।
दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमध्ये तीनवटाको कार्यालय भवन अझै निर्माण भएका छैन। स्थानीय तहमा निर्वाचित प्रतिनिधि आएको छ वर्ष हुनै लाग्दा पनि तीन स्तानीय तहमध्ये केही जग्गा अभाव र केही विवादका कारण प्रशासकीय भवन निर्माण गर्न नसकेका हुन्। कालिञ्चोक, मेलुङ र तामाकोशी गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाको घरमा कार्यालय सञ्चालन गरिरहेका हुन्।
तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।
म्याग्दीमा किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको छ । बेनी नगरपालिकाको छवटा वडालाई समेटेको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध किसानलाई घाँसको बीउ र औषधि वितरण गरिएको हो ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। मधेश प्रदेशमा एसईई परीक्षा विगतभन्दा यस वर्ष मर्यादित देखिएको छ। तर केही परीक्षा केन्द्रमा नयाँ प्रविधिको माध्यमबाट परीक्षामा अमर्यादित कार्यहरू भइरहेको पाइएको छ। नयाँ प्रविधिको प्रयोग गरेर चिट चोराउने कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकको संलग्नता पाइएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षका तीन आकाङ्क्षी उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्व चयनको वातावरण निर्माण गर्न आग्रह गर्नुभएको छ । ढकाल आगामी साधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ ।
अर्थ मन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्रमा आन्तरिक रूपमा चाप कायमै भए पनि केही क्षेत्रमा सकारात्मक सुधार देखिएको बताउनुभएको छ । बुधबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै उहाँले पर्यटन आगमन, विपे्रषण आप्रवाह, जलविद्युत्जस्ता क्षेत्रमा सुधार आएको बताउनुभएको हो । “अर्थतन्त्र अहिले पनि आन्तरिक रूपमा वित्तीय दबाबमा रहेको र अहिले आन्तरिक रूपमा समस्या भए पनि यी क्षेत्रमा आएको सुधारले अर्थतन्त्रलाई सहयोग पुग्ने देखिन्छ,” उहाँले भन्नुभयो ।
कोशी प्रदेश सरकारले पूर्वाधार विकाससँग सम्बन्धित आयोजनाको भुक्तानी गर्न अपुग रकम सङ्घीय सरकारसँग माग्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारसँग तीन अर्ब ४८ करोड ३६ लाख रुपियाँ माग गर्ने निर्णय गरेको हो।
दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाई उपेक्षा गरिएको भन्दै वडाध्यक्षविरुद्ध ज्ञापनपत्र बुझाइएको छ। एउटै निर्वाचन प्रक्रियाबाट जितेर आएको भए पनि वडाध्यक्षले आफूखुसी गर्ने र महिला सदस्यलाई उपेक्षा गरेको आरोप लगाउँदै दुहबीका महिला सदस्यले नपाको हरेक निर्णयमा अर्थपूर्ण सहभागिताको मागसहित नगरप्रमुख वेदनारायण गच्छदारलाई ज्ञापनपत्र बुझाएका हुन्। वडाको बैठक पारदर्शी गर्नुपर्ने, नेमप्लेटसहित कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठकमा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने, हस्ताक्षर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा लामो समयदेखि विद्यमान खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारको तर्फबाट सकारात्मक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। धरानको खानेपानी समस्या समाधानका लागि आफू सकारात्मक रहेको र सरकारको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने आश्वासनसमेत दिनुभएको छ।
नेपालमा अनुदान थप्न अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताउनुभएको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले आउँदो वैशाख १० गते तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो।