नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरे डाँडामा फालिएको फोहोर अवलोकनका लागि संसदीय टोली पठाउन माग गर्नुभएको छ ।
आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही गर्न माग गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको छ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारबाट आचारसंहिता लागू हुने भएको छ ।
सङ्घीय संसद् भवन अगाडि आत्मदाह गर्नुभएका स्वर्गीय प्रेमप्रसाद आचार्यका दुई छोरीको पढाइ खर्चका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले सङ्कलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको छ ।
प्रतिनिधि सभा सदस्य महेन्द्रकुमार रायले नागरिकता समस्या अविलम्ब समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार आगामी मे १४ मा निर्वाचन गराउने घोषणा गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशित गर्नुभएको छ ।
माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र जीप । उक्त घलेल गाउँ भने सुनसान जस्तै छ ।
सर्लाहीको बागमती नगरपालिका –११, कर्मैयामा बस्ती नजिकको वनमा लागेको डढेलो स्थानीय र नेपाली सेना लागेर नियन्त्रणमा लिएका छन् । चुरेपाखास्थित पशुपति सामुदायिक वन समूह कर्मैयामा लागेको डढेलो बिहीबार बिहान स्थानीय र भैरवी दल गण पाँचकुमारी ब्यारेकबाट खटिएको सेनाको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नुहुँदै सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको हो ।
शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'बहाव'ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ ।
टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभएको हो ।