कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको 'प्रथम फ्लायर्स फिल्म अवार्ड्स' वैशाख १६ गतेका लागि सरेको छ ।
आगलागीमा परी गुल्मीमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति घरमा आगलागी हुँदा मदाने गाउँपालिका वडा नम्बर–६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जिसीको मृत्यु भएको हो ।
चक्रपथको दोस्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएको छ । सडक निर्माण सुरु गर्नु पहिले चिनियाँ पक्षले स्थलगत भ्रमण गरेर सडक विभागसँग छलफल अघि बढाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बागलुङको काठेखोला गाउँपालिका –५ बिउँ काहुलेका पहिरो विस्थापितका लागि तयार पारिएको नमुना बस्तीमा भौतिक पूर्वाधारको अभाव भएको छ ।
परामर्शदाताले निर्माण सुरु गर्नभन्दा पहिला नै दिएको सुझावलाई बेवास्ता गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा करोडौँ रकम खर्चेर निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र चुहिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो ।
काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन ।
दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १० बजेदेखि बैठक सुरु भएको हो ।
गुल्मीको मदाने गाउँपालिका ६ देउरालीमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
उडेको जहाजमा झगडा गरी अभद्र व्यवहार गर्ने दुई यात्रुलाई गौसला प्रहरीले बिहीबार साँझ तारेखमा छाडेको छ । बुधवार विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झगडा गरी अन्य यात्रुहरूलाई आतङ्कित पार्ने गरी कार्य गरेपछि बुद्ध एयरका कर्मचारीले प्रहरीलाई जिम्मा लगाएका थिए ।
सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
पढ्नु छ धेरै लेख्नु छ धेरै जान्नु छ धेरै सिक्नु छ धेरै तैपनि के हो ! छक्क म पर्छु चञ्चल धेरै यो मन मेरै ।
भाइबहिनी हो, तिमीहरू प्रायः सबैलाई दशैँ त थाहा नै होला । बडादशैँ अर्को चैत दशैँ भनेर जान्द छौ । चैतमा पनि दशैँ आउँछ र हामी मनाउँछौ पनि । त्यो दशैँलाई हामी चैते दशैँ भन्छौँ । वर्षमा दुई पटक दशैँआउँछ । अनि हामी प्रत्येक वर्ष दुई पटक नै मनाउँछाैँ पनि । एउटा बडादशैँ र अर्को सानो अर्थात् चैते दशैँ । भाइबहिनीहरू अब चैतै दशैँको सुरुवात कसरी भयो र किन मनाइन्छ भन्नेबारेमा जानकारी राखौँ है त । पुराना कथनका अनुसार पहिले पहिले मुख्य दशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुक्खा भएर खडेरी पर्ने, मौसमी बदलीका साथै दशैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दशैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।