• १७ असार २०८१, सोमबार

स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा कृत्रिम फोक्सो जडान

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा जडान गरिएको कृतिम फोक्सो । तस्बिर : सिर्जना खत्रि

काठमाडौं, चैत २४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मुलद्वारमा कृत्रिम फोक्सो जडान गरिएको छ । मन्त्रालयले विश्व स्वास्थ्य दिवस अवसर पारेर अमेरिकी सहयोग नियोग (युएसएआईडी) को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो । 

मन्त्रालयले सहप्रवक्ता डा. समीरकुमार अधिकारीले यो फोक्सो वायु प्रदूषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि जडान गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ, जसले मानिसको फोक्सोको श्वास फेर्ने गतिलाई प्रतिबिम्बित गर्दछ । ३० दिनको अवधिमा यो जोडी फोक्सोको रङ्ग वायु प्रदूषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले हाम्रो फोक्सोलाई हानी गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत हुन्छ ।”

उहाँले उक्त कृत्रिम फोक्सोले काठमाडौंको स्वस्थ हावाको मापदण्ड नियमित देखाउने बताउनुभयो ।

यस कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधरण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै माक्स लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने मन्त्रालयको लक्ष्य रहेको डा. अधिकारीको भनाइ छ । 

धेरै देशहरूले वायु प्रदूषणको सामाना गरिरहेको सन्दर्भमा आइक्यु एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्बन्धी तथ्याङ्कले विश्वका १३१ देशमध्ये धेरै वायु प्रदूषण हुने देशमा नेपाल १६ औँ स्थानमा रहेको छ ।

सन् २०१९ मा वायु प्रदूषणका कारण नेपालमा ४२ हजार एक सय जनाको मृत्यु थियो । त्यसमध्ये काठमाडौंमा मात्रै चार हजार ८० जनाको मृत्यु भएको बताइएको छ ।

नेपालमा दीर्घकालीन फोक्सोको रोग सीओपीडी बढी हुने देश हो । सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत वायु प्रदूषण हो भनिन्छ ।