टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभएको हो ।
घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ ।
पछिल्लो समय राउटे समुदाय सङ्कटमा पर्न थालेको छ।
हिमाली जिल्ला म्याग्दीको पश्चिम भेगमा पर्ने मालिका गाउँपालिकाका एकल महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सुरु गरिएको छ । ‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत’ गाउँपालिका भित्रका एकल महिलालाई लक्षित गरी सो तालिम सुरु गरिएको हो ।
राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ।
चैत शुक्ल पूर्णिमाका दिन काठमाडौं बालाजुमा अवस्थित बाइसधारा मेलामा भक्तजन स्थान गर्नका लागि लामबद्ध हुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस
नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्नुहुने छ ।
केही वर्षअघिसम्म दुर्गम क्षेत्रका रूपमा रहेको पर्साको ठोरी गाउँपालिका अहिले सुगम हुन पुगेको छ । यतिबेला ठोरी क्षेत्र मधेश प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ ।
महिलाले महिनावारीका समयमा प्रयोग गर्ने घरेलु, पुनः प्रयोग गर्न सक्ने र स्वास्थ्यकर प्याडको उत्पादन बढाएर घरेलु उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा विधायकले जोड दिएका छन्।
जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ ।
पोखरामा बिहीबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर सो हुने भएको छ। सभागृहस्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर सो हुन लागेको हो।
लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ ।
लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम हुनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै ज्ञापनपत्र पेस गरेका छन् ।
शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पिस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईले प्रथम स्थान हासिल गर्नुभएको छ।