प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन) आलुको आर्थिक सहयोगमा चक्लाबन्दी गरिएको जमिनमा इँटाको खलो बनाएको पाँचखाल नगरपालिकाले स्वीकार गरेको छ । पाँचखाल नगरपालिकाको कृषि शाखाले समाचार प्रकाशित भएपछि कृषि शाखा प्रमुख अधिकारीको नेतृत्वमा भएको स्थलगत निरीक्षणपछि चक्लाबन्दी गरिएको २८ रोपनी जग्गा इँटा पार्न दिइएको पाइएको उहाँले बताउनुभयो । तर, सो स्थानको माटो भने प्रयोग नगरेको र अन्यत्र स्थानबाटै माटो ल्याएर इँटा पारिएको पाइएको स्पष्ट पार्नुभयो ।
अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि लुम्बिनीमा अन्तर्राष्ट्रिय पीस म्याराथन –२०२३ को आयोजना हुनेभएको छ । खेलकुद दिवसको अवसरमा विहीबार नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकूद परिषदको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को एसिया छनोटको पहिलो खेलमा बलियो भियतनामसँग पराजित भएको छ ।
ताप्लेजुङमा बुधबार भएको परम्परागत चोयाको डोको बुन्ने प्रतिस्पर्धामा फुङ्लिङ नगरपालिका –९ का धनबहादुर गुरुङ प्रथम हुनुभएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सवको अवसरमा गरिएको डोको बुन्ने प्रतिस्पर्धामा गुरुङ प्रथम हुनुभएको हो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले आफ्नो क्षेत्रका ३० जना अगुवा कृषकलाई माहुरीपालनसम्बन्धी तालिम प्रदान गरेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ।
राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत भएक सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ।
नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकले केही समय पूर्ण रुपमा निवासमै आराम गर्न सुझाव दिएका छन्।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमाले बाहेक अन्य दलको नेतृत्वको सरकारले गर्न नसक्ने बताउनुभएको छ । अन्य दलमा विकासको भिजन नै नरहेको उहाँले टिप्पणी गर्नुभयो ।
नेपाल प्रहरीका भुपेन्द्र थापा र सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
बर्लिनस्थित नेपाली दूतावास, वार्सास्थित अवैतनिक वाणिज्यदूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोल्याण्डको सहकार्यमा विद्युतीय राहदानी फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा कार्यक्रम सम्पन्न गरेको छ ।
अमेरिकी डलर साटिदिने प्रलोभनमा लाखौं रुपियाँ लुटपाट गर्ने पाँचलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।
गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा आँखा उपचार, मुटुरोग विशेषज्ञलगायतका सेवा सुरु गरेको छ । नगरपालिकाको वडा –४ गोकर्णेश्वरस्थित नगर अस्पतालमा सेवा बिस्तार तथा उदघाटनसम्बन्धी कार्यक्रमको आयोजना गरी छुट्टै इकाइ स्थापनासँगै यी सेवाहरु सञ्चालन भएका हुन् ।