अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लील चलचित्रकी नायिकासँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो ।
चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ । मङ्गलबार राति करिब साढे ११ बजेतिर दीपक खतिवडाले पाल्नु भएको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरी सूँड काटेका छन् ।
पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार त्रिभुवन विमानस्थल हुँदै उहाँ सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज (बुधबार) छानबिन गरिँदै छ ।
गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।
उत्तरी धादिङको झार्लाङ वडा भरका नागरिकका लागि घर घरमा धारा पुर्याउने उद्देश्यले खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।
म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ ।
रिचर्ड डार्क नामक अङ्ग्रेज लेखकले एक ठाउँमा लेखेका छन्– “कसैले मलाई साहित्य किन अध्ययन गर्छौ भनेर सोधे, ‘खान लाउनका निमित्त सर्वथा अनुपयोगितारूपी अमोल गुणयुक्त हुनाले म साहित्यको अध्ययन गर्दछु’ भन्ने उत्तर दिन्छु । यो निकम्मा छ तसर्थ म यसलाई रुचाउँछु ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ ।
सिक्किममा मङ्गलबार गएको हिमपहिरोमा परेर तीन जना नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका सातमध्ये तीन जना नेपाली नागरिक रहेको खुलेको हो ।
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ ।
जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा करिब एक वर्षदेखि बाख्रा गोठमा थुनिएकी एक बालिकाको उद्धार गरिएको छ ।