प्रहरी र सशस्त्र प्रहरी दुबैले नाकामा कडाई गरेर अवैध चोरी पैठारी रोक्ने धेरै प्रयास गरे पनि सीमापारीबाट हुँदै आएको चोरी पैठारी रोक्न नसकेको बताइएको छ । बाँके प्रहरीले गएको एक वर्षमा करिब छ करोड रुपियाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको सार्वजनिक गरेपछि चोरी पैठारी बढ्दै गएको पुष्टि भएको हो ।
आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कुल पाँच अर्ब १० करोड रुपियाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व सङ्कलन गरेको उल्लेख गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको सम्बन्धमा बिहीबार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिनुभएको छ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैलाई मन लाग्दैमा सङ्घीयता खारेज नहुने बताउनुभएको छ । विराटनगरमा मंगलबार प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधान सहमतिमा बनेकाले कुनै एक जनालाई चाहना हुँदैमा संघीयता खारेज नहुने बताउनुभएको हो ।
मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । मौसमविद्ले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ ।
श्रीलङ्काको आर्थिक सङ्कट टार्नका लागि भएको लामो आन्दोलनपछि रिक्त रहेको राष्ट्रपति पदको लागि जुलाई २० तारिख (बुधबार)मा चुनाव हुँदैछ । सो चुनावमा कार्यवहाक राष्ट्रपति रनिल विक्रेमेसिंगेसहित तीनजना प्रतिस्पर्धामा हुनुहुन्छ ।
काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।
गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुंगा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।
दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
उत्तरी चीन सीमा जोड्ने २६ किलोमिटर बाह्रबिसे–चीन सीमा सडक बिग्रेको छ । वर्षा, बाढी पहिरोको कारण सो सडकको अवस्था नाजुक बनिरहेको छ ।
कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको दोस्रो चरणको नतिजा सार्वजानिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणका लागि गत असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा सहभागीमध्ये एक हजार १०३ जना उत्तीर्ण भएका हुन् । दोस्रो चरणका लागि चार हजार २५८ जनाले आवेदन दिएकामा परीक्षामा तीन हजार १३ जना सहभागी भएका थिए ।
बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विज्ञ समूह गठन गरेर अध्ययन अगाडि बढाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ ।
गैँडा मृत्यु सङ्ख्या बढेको समस्या निराकरणका लागि सरकारले विज्ञहरू सम्मिलित टोली गठन गरेको छ । गैँडाको मृत्युदर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिद बिक्री अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले विज्ञ टोली गठन गरेको हो ।