एउटा बहुतै गुह्य कुरा उसले सोचेको छ । छ वा छैन त्यो बाहिरबाट हेर्दा देख्न सकिन्नथ्यो तर ऊ स्वयं मान्थ्यो एउटा छ– केही गुह्य जुन सहजै प्रकट हुन मानिरहेको छैन । प्रकट हुन नमान्ने भएपछि उसले भित्रभित्रै त्यसलाई अनुभूत गथ्र्यो ।
भात खाएर बुइँगलबाट ओर्लंदा–ओर्लंदै तल दैलोमा कलवेल दबाएको उसले सुन्यो । मुखै नपुछी हत्तनपत्त ऊ झ्यालबाट नियाल्न पुग्यो । नभन्दै त्यहाँ वारिस भन्ने नजिकैको टोलको टोले झ्यालमा आउनेलाई पर्खंदै मुन्टो माथि उचालेर उभिइरहेको थियो । यो उसको वास्तविक नाम होइन, उपनाम हो । कसै–कसैको उपनामले नामलाई नै निल्छ । ऊ उपनामले चिनिँदै जान्छ र उसको नाम चाहिँ कतै हराउँछ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशि चेपाङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेपालको जातीय, सांस्कृतिक, हावापानीलगायतमा व्यापक विविधता छ । यति सानो देशमा रहेको विविधतालाई स्पष्ट पार्न नेपालका मानार्थ नागरिक, भूगर्भ वैज्ञानिक तथा सामाजिक अध्येता स्विट्जरल्यान्डका टोनी हेगेनले नेपाललाई ‘एसियाको जातीय गोलमेच’ भनेका छन् । नेपाली विविधताको एउटा सौन्दर्य हो डोल्पो जाति ।
गृहयुद्धकालका लडाइँको मैदानमा प्रयोग गरिएका गुब्बारा (बेलुन)देखि मानवरहित जेट इन्जिनयुक्त ड्रोनसम्म, शत्रुको सर्वोत्तम गतिविधि सधैँ आकाशबाटै देखिने गरेको छ । दुई सय वर्षयता मानिसले शत्रुमाथि निगरानी राख्न आकाशबाट अनेक किसिमका उपाय अपनाएको छ ।
कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने भएको छ। विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पु-याउन र प्राप्त गर्न कठिन बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने प्रदेश सरकारको योजना छ। सरकारले बस्ती विकासका लागि चालु आर्थिक वर्षमा १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ।
सुर्खेतका स्थानीय तहले आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालेका छन्। लेकबेँसी नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिन नसकिने भन्दै ७९ जना करार शिक्षक हटाएको थियो। नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्च बेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।
बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका रूपधन सार्कीको परिवार विगत सात महिनादेखि ओडारमा बस्दै आएको छ। बस्ने घर भत्किएपछि सात जनाको परिवार ओडारमा बास बस्न बाध्य भएको हो। जगन्नाथ गाउँपालिकाले निर्माण गरेको देवलकोट सडक खण्डबाट आएको पहिरोले गत असोज ९ गते घर भत्किएपछि उहाँको परिवारको विचल्ली भएको छ। सडकको तल र माथिबाट झरेको पहिरोले सार्कीको घर भत्किएको स्थानीय निराजन सार्कीले बताउनुभयो।
अमरगढी नगरपालिका–३ घर भएकी अनिता विष्ट उमेरले ९१ वर्ष पुग्नुभयो। उहाँका दुईवटै आँखाले ज्योती गुमाइसकेको छ। एक छोरा र पाँच नातिनातिनीहरू छन्। अनिताले नागरिकता भने पाउनुभएको थिएन। नागरिकता पाउनबाट वञ्चित उहाँ सामाजिक सुरक्षा भत्ताबाटसमेत वञ्चित हुनुहुन्थ्यो। जिल्ला प्रशासन कार्यालय उहाँको घरभन्दा करिब पाँच किलोमिटरको दूरीमा छ। वडा कार्यालय करिब एक किलोमिटिरको दूरीमा छ तर हालसम्म विष्टले नागरिकता पाउनुभएको छैन।
नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि तीन जना प्रत्याशीले समूहगत उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनेमा व्यवसायी उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घाई हुनुहुन्छ । महासङ्घको ५७औँ वार्षिक साधारण सभामा अध्यक्ष बाहेकका कार्यकारी पदका लागि यही चैत २९ गते निर्वाचन हुँदैछ । हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सोही सधारण सभाबाट स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । उमेशलाल श्रेष्ठको समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दिनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री ज्वालाले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो । मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको बताउँदै मन्त्री ज्वालाले पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायीहरू भएको बताउनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाउन सक्ने क्षेत्रहरूको पहिचान र ल्याउनुपर्ने नीतिका सम्भावना खोज्न नेपाल राष्ट्र बैङ्कसँग आग्रह गर्नुभएको छ । गभर्नरसहित नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतसँग मङ्गलबार छलफल गर्दै उहाँले ब्याजदर घटाउन सक्ने आधार खोज्न आग्रह गर्नुभएको हो । उच्च ब्याजदरका कारण व्यावसायिक वातावरण निर्माणमा समस्या भएकाले यसलाई घटाउनेतर्फ जानुपर्ने उहाँको भनाइ थियो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एक शिक्षक, एक ल्यापटप कार्यक्रमअन्तर्गत शिक्षकलाई ल्यापटप वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले सो ल्यापटप वितरण गरेको हो। ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत शिक्षकको लागतमा सो कार्यक्रम गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलबहादुर राउत क्षेत्रीले जानकारी दिनुभयो।
स्थानीय सरकारले जग्गा उपलब्ध नगराउँदा नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण योजना अलपत्र परेको छ। राष्ट्रिय योजना आयोगले २०७७ माघ १३ गते नै नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण र जग्गा प्राप्तिको प्रक्रियालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्वीकृति दिएको थियो तर आयोजना स्वीकृत भएको तीन वर्ष बिते पनि स्थानीय सरकारले जग्गा प्राप्ति गर्न नसक्दा अस्पताल निर्माणको काम अगाडि बढ्न सकेको छैन।