पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान दुःखी भएका छन् । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार मङ्गलबारदेखि लागु हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपियाँले घटाएको छ । अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको छ । तर कुखुरा किसान भन्छन्, “हामीलाई सोध्दै नसोधी मूल्य घटाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।”
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्क दुवैको अनुमान रहेको छ । नेपाली समयअनुसार मङ्गलबार दुवै दातृनिकायले सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको आर्थिक चालु वर्ष घट्ने उल्लेख गरेका हुन् । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘मधुमाास’ पूरा गरेको छ । सरकारको पहिलो एक सय कार्यदिनलाई राजनीतिक रूपमा मधुमास अर्थात् हनिमुन पिरियड मानिन्छ । किनभने प्रतिपक्षबाट पनि यस अवधिमा सरकारलाई उसको नीति, विचार र योजनाअनुसार काम गर्न दिइन्छ । सरकारले यही अवधिमा भावी कार्यको सुरुवाती सन्देश दिन्छ । त्यही आधारमा सरकारप्रतिको जनधारणा पनि बन्छ । प्रधानमन्त्री प्रचण्डको हकमा त प्रतिपक्ष नै रहेनन्भन्दा पनि हुने अवस्था छ । यसर्थ सरकारप्रति विरोधका नारा लागेका छैनन्, कोही कसैले आलोचना गरे पनि अरूका कान ठाडा भएका छैनन् । राजनीतिक खेलमा देखिएको यो दृश्य कायम राख्न भने सरकारले आन्तरिक एवं भूराजनीतिक चुनौतीहरूको सामना गर्दै जनविश्वास जित्ने कार्य गर्नुपर्नेछ ।
सङ्घीयता भन्नु नै राज्य सञ्चालन र निर्णय प्रक्रियालाई समाजको तल्लो तह वा जनताको आधारभूत तहसम्म पु¥याउनु हो । यसको अतिरिक्त सङ्घीयताको सफल कार्यान्वयन गर्न सबै तहका सरकारबीच स्वस्थ, पारदर्शी तथा सन्तुलित वित्तीय व्यवस्था आवश्यक छ । अन्तरसरकारी वित्त व्यवस्थापनअन्तर्गत सङ्घीय एकाइबीच वित्त हस्तान्तरण, खर्च, ऋण, अनुदान, बजेट, राजस्व व्यवस्थापन, वित्तीय सुशासनलगायतका आर्थिक विषय पर्छन् ।
हु न त प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई विश्वका अधिकांशजसो मुलुकले रातो कार्पेट बिछ्याएरै स्वागत गरेका देखिन्छन् । खासगरी डब्लुटीओ, आईएमएफ, विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ, सार्क, साफ्टा, बिम्स्टेकलगायतका थुप्रै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ सङ्गठन र त्यसमा विश्वका मुलुकको आबद्धता र साझेदारीले पनि वैदेशिक लगानीको विश्वव्यापी प्रवद्र्धनमा सघाउ पु-याएको छ । त्यसकारण आजको समयमा कुनै पनि देशका लागि वैदेशिक लगानी नौलो विषय भने होइन ।
१. थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले संसद् विघटन कहिले गरेका हुन् ? सन् २०२३ मार्च २० – राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा विघटनको घोषणा गरिएको र निर्वाचन आयोगले मतदानको मिति पछि पुष्टि गर्ने उल्लेख गरिएको । – सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्यान्डमा दोस्रो पटक नि
सार्वजनिक क्षेत्रको अभिलेख व्यवस्थापन १. अभिलेख व्यवस्थापनमा प्रयोग हुन सक्ने नवीन प्रविधिहरू उल्लेख गर्दै सार्वजनिक क्षेत्रको अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगमा देखिएका चुनौतीहरू उल्लेख गर्नुहोस् । कार्यालयमा अभिलेखको सिर्जना वा प्राप्ति भएपश्चात् सोको अन्तिम टुङ्गो लाग्ने बेलासम्मको समग्र जीवनचक्रमाथिको नियन्त्रण अभिलेख व्यवस्थापन हो । आधुनिक प्रविधिको प्रयोगले अभिलेख व्यवस्थापनलाई मितव्ययी, कुशल र प्रभावकारी बनाउन मद्दत गर्दछन् । अभिलेख व्यवस्थापनमा प्रयोग हुन सक्ने नवीन प्रविधि यस प्रकार छन् :
मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगत नौ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेका मिटरब्याजपीडितहरू घर फर्किएका छन् । झापा, मोरङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याजपीडितहरू ११ दिनको पैदलयात्राबाट काठमाडौँ आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार र पीडितबीच गत शनिबार पाँच बुँदे सहमति भएको थियो ।
सरकारी सञ्चार माध्यमका रूपमा रहेका नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रूपमा स्थापना गर्न ल्याइएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएको उक्त विधेयकलाई अब प्रतिनिधि सभामा पठाइनेछ।
राष्ट्रिय गौरवको सिक्टा आयोजना निर्माणको क्रममा भएको आर्थिक अनियमितताको सम्बन्धमा विशेष अदालत काठमाडौँले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै पुनरावेदन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ।
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी परेका छन् ।
एनआईसी एसिया बैंकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणीको घरमा सुरक्षा गार्ड पठाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको नवौँ राष्ट्रिय शिखर सम्मेलन गर्ने भएको छ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख रहेको बताउनुभएको छ । लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ आज मंगलबार यहाँ लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।