• १५ चैत २०८०, बिहिबार

इनरुवाका उद्यमीलाई स्प्रे मेसिन र मोटर वितरण

blog

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । तस्बिर : गोरखापत्र

जयकृष्ण यादव 

इनरुवा, चैत २३ गते । सुनसरीको इनरुवा नगरपालिकाले नयाँ उद्यमी तथा महिला कृषकलाई स्प्रे मेसिन वितरण गरिएको छ । इनरुवा नगरपालिका वडा नं. १० मा नयाँ उद्यमी तथा महिला कृषकलाई बिहीबार स्प्रे मेसिन वितरण गरिएको हो । 

लघु उद्यम विकास कार्यक्रम अन्तर्गत इनरुवा १० जल्पापुरका २९ जना नयाँ उद्यमीलाई स्प्रे मेसिन र मोटर वितरण गरिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय आधारभूत विद्यालयमा प्रविधि हस्तान्तरण कार्यक्रमको आयोजना गरी नगर प्रमुख भण्डारी र उपप्रमुख विनिता मेहता, इनरुवा ६ का वडा अध्यक्ष सुमन थापा र इनरुवा १० जल्पापुरका वडा सदस्यहरूको उपस्थितिमा  २९ जनालाई स्प्रे मेसिन र मोटर वितरण गरिएको जनाएको छ । 

नगरपालिकाले महिला किसानलाई कृषि उद्यमी सम्बन्धी तालिम दिएर र सूचना जारी गर्दै इच्छुक लाभग्राही महिला कृषकलाई छनौट गरी वितरण गरेको जनाएको छ ।