• १३ असोज २०८१, आइतबार

प्रतिनिधि सभामा दुई विधेयक टेबुल

blog

काठमाडौं, चैत २३ गते । प्रतिनिधि सभा बैठकमा दुई महत्त्वपूर्ण विधेयक टेबुल भएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०७८ साउन– २०७९ असार) पेस गर्नुभयो ।

यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक यही चैत २४ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।