• ११ मंसिर २०८१, मङ्गलबार

'उडी उडी आ सुबा' बोलको गीत सार्वजनिक

blog

काठमाडौं, चैत २४ गते । गायिका भावना आचार्य र गायक तथा इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा ‘उडी उडी आ सुबा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा विकल तिरुवाको शब्द तथा ध्रुव बिस्कोको सङ्गीत र नरेन्द्र वियोगीको एरेन्ज छ । 

गीतमा नायिका शिल्पा पोखरेल र मोडल चक्र बम फिचर्ड हुनुहुन्छ ।

राजाराम सिम्खडाको कोरियोग्राफी रहेको गीतको छायाङ्कन प्रकाश खड्काले गर्नुभएको हो । गीतमा सम्पादन र कलरिङ मीन विश्वकर्माको छ ।