• २१ वैशाख २०८१, शुक्रबार

फिल्म ‘बहाव’ आजबाट प्रदर्शनमा

blog

काठमाडौं, चैत २४ गते । फिल्म ‘बहाव’ आजबाट प्रदर्शनमा आएको छ । बाबु–छोरीको सम्बन्धमा केन्द्रित फिल्म श्रीधर पौडेलले निर्माण गर्नुभएको हो भने फिल्मलाई प्रमोद कँडेलले निर्देशन गर्नुभएको हो ।

फिल्ममा कमलमणि नेपाल, सुरक्षा पन्त, अफरान अलि, सूर्य शर्मा भद्म, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय छ । 

फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत, सज्जा चौलागाईंको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन र सुजन बडालको सम्पादन छ ।

यस्तै, फिल्म बहाव वर्ष २०७९ मा रिलिज हुने अन्तिम फिल्म हो ।