नवीन शिशिर विक
बाग्लुङ, चैत २७ गते । जिल्ला प्रशासन कार्यालय बाग्लुङले सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी देश भारत तथा चीनमा कोभिड–१९ को नयाँ भेरियनट संक्रमण बढेको र उक्त भेरियन्टको संक्रमणको दर नेपालमा पनि बढेको हुँदा जिल्ला तहमा पूर्व सतर्कताको लागि नागरिकलाई सचेत गरेको हो।
नयाँ भेरियन्टको संक्रमण नियन्त्रण, रोकथाम र उपचारको लागि सतर्कता पूर्व तयारी आवश्यक छ । सरकारी कार्यलय, संघ संस्था र सार्वजनिक सवारी साधान र व्यापार व्यवसायिमा आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सेवा सञ्चालन गर्ने आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।
प्रशासनले सार्वजनिक यातायात र भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउने स्यानिटाइजरको प्रयोग गर्ने लगायतका आवश्यक स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गरेको हो ।
संक्रमणको जोखिम लगातार बढी नै रहेको वर्तमान परिस्थितीलाई मध्येनजर गदै प्रत्येक स्थानयी तह, सुरक्षा निकाय र सामाजिक संघसंस्थामार्फत सचेतनाका कार्यक्रम सञ्चालन गर्ने आग्रह गरेको सहायक प्रजिअ बरालको भनाई छ ।
स्वास्थ्य कार्यालय बागलुङको समन्वयमा स्थानीय तहले सन्देश मुलक प्रचार सामाग्री तयार गरी प्रचार प्रसारको व्यवस्थापन मिलाउने र जिल्लाका भित्रका सबै स्वास्थ्य संस्था आवश्यकमा औषधी र उपकरणको व्यवसथा मिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
कोरोनाको उपचार गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा हाल कोरोनाका बिरामी भने छैनन् ।