सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्ब एक अर्ब नाघेको छ ।
पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।
हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गर्नुभएको छ ।
माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (मङ्गलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिनु भएको छ । संघ, प्रदेश र स्थानीय सरकार पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उहाँले दोहोर्याउनु भयो ।
एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ ।
कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिको आज (मङ्गलबार) मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो ।
मङ्गलबार पुँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाश पोखरेलविरुद्ध ९५ लाख आठ हजार ३४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फराकिलो जित निकालेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरू सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ ।