तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ ।
बस व्यवसायी प्रालि.ले मृतकको उपचारमा लागेको खर्च बेहोर्ने र मृतकका पत्नीलाई जागिर दिने सहमति भएपछि पाँचौँ दिनबाट यातायात सेवा सञ्चालनमा आएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ ।
नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद् उठेको छ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ।
सिएम (चन्द्रमान) कन्दङ्वा स्मृति कोषले बुधबार मोरङको पथरी शनिश्चरेमा तीन जना स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाइरहेका होटल, भवन र अपार्टमेन्टको तत्काल वैधानिकता खोजी गर्न सरकारसँग माग गर्नुभएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ ।
आगामी वैशाख ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा ८ र ९ मा मह दिवस मनाइने भएको छ । यहाँ रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।
रुपन्देहीका ३४ र नवलपरासी पश्चिमका ८ गरी ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका हुन् ।
नेपाल नेत्र ज्योति सङ्घ जिल्ला कार्यसमिति रौतहटको सभापतिमा विजय कुमार सिंह निर्वाचित हुनुभएको छ ।
भारतमा कोभिड सङ्क्रमण बढेपछि पूर्वी नाका पशुपतिनगरमा कोभिड परीक्षणमा कडाइ गरिएको छ । नेपाल–भारत सीमा नाकामा रहेको पशुपतिनगरमा हेल्थ डेक्ससमेत राखिएको हो ।
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बुधबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।