• १३ असोज २०८१, आइतबार

संसद्‍मा उठ्यो किमाथङ्का नाकाको विषय

blog

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सहभागी । तस्बिरः रत्न श्रेष्ठ र रासस

काठमाडौं, चैत २९ गते। नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसदमा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको हो।

“किमाथाङ्का नाका बन्द छ। आवतजावत पनि ठप्प छ। नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु”, सांसद खड्काले भन्नुभयो।  

साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उहाँले संसदमा उठाउनुभयो। 

“वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नहुँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ। यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु ”, सांसद खड्काले भन्नुभयो।