• ११ मंसिर २०८१, मङ्गलबार

कलाकार केदार घिमिरेको जन्मदिन

blog

हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ।

काठमाडौं, चैत २८ गते । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को जन्म दिनको अवसरमा अयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हाले पनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गर्नुभएको छ । 

“जुन फिल्ममा खेलेपनि सफलता मात्रै हात लाग्ने र उहाँको फिल्म हेर्न जाने मान्छेको कमी छैन,” कलाकार पौडेलले भन्नुभयो । उहाँले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिँदै उहाँको चलचित्र र कलाकारितामा ठूलो योगदान रहेको बताउनुभयो । 

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झिँदै उहाँको प्रशंसा गर्नुभयो । कलाकार घिमिरे सालिन, भद्र र सकारात्मकता भएको व्यक्ति बताउँदे कलाकारिता सुरुवात गर्दा आफूलाई उहाँले धेरै सहयोग गरेको बताउनुभयो ।

यस्तै, कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताउनुहुँदै आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताउनुभयो । उहाँले आफूलाई मानसिक रुपमा, भौतिक रुपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कलाकार केदार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरु पस्किने प्रतिवद्धता जनाउनुभयो । 

कलाकार घिमिरेको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा पुग्नुभएका अन्य कलाकारहरुले पनि घिमिरेलाई जन्मदिनको शुभकाना व्यक्त गर्नुभयो ।