प्रधान सेनापति ट्रफी-२०७९ खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जङ्गी अड्डास्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रधान सेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।
काठमाडौं उपत्यकामा मात्रै २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्रै २१ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये १० जना आइसियु र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन भोली (मङ्गलबार)बाट सुरु हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको वैज्ञानिकहरुको नवौँ राष्ट्रिय शिखर सम्मेलन मङ्गलबार र बुधबार दुई दिनसम्म चल्ने छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गलमा लागेको आगोले बस्ती जोखिममा परेको छ । फुङ्लिङ नगरपालिका–८ दोखुको धुसेनी जङ्गलमा लागेको आगोका कारण दोखुकै ल्याङ्बा टोलको पुछार बस्ती जोखिममा परेको हो ।
नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घमा देखिएको विवाद अन्त्य गर्न जिल्ला स्तरबाट दबाब सुरु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठको टेलिफोन संवादका विषयमा संघीय संसदको दुवै सदनको बैठकमा अधिकांश सांसदहरुले प्रश्न उठाएका छन् ।
नेपालको सबैभन्दा ठुलो राजगुठीको रूपमा चिनिने महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठ अभिभावक विहीन भएपछि मठका कर्मचारीहरू समस्यामा परेका छन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
जिल्ला समन्वय समिति खोटाङको सातौँ जिल्ला सभाले जिल्लाका सबै पालिका जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे गर्न सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैङ्कको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताउनुभएको छ।
सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडौंका बद्रीलाल नेपालीले जित्नु भएको छ।