• ४ जेठ २०८१, शुक्रबार

मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक

blog

गृह मन्त्रालयका मिटरब्याज पीडित र सरकारबीचको वार्ता । फाइल तस्बिर

काठमाडौं, चैत २७ गते । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताउनुभयो ।

उहाँले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आ–आफ्ना धारणा राखेको बताउनु भयो । उहाँले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताउनु भयो ।

उहाँले यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताउनु भयो । 

उहाँले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताउनु भयो ।

उहाँले मङ्गलबार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको बताउनुभयो । उहाँले मिटरब्याजी पीडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताउनु भयो ।