नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताउनुभएको छ ।
एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् ।
हमासले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा युद्धविराम सम्झौतालाई “विफल’’ पार्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।
एचआइभी सङ्क्रमणबाट बच्न पाल्पामा पहिलो पटक 'पेप' सेवा सुरु भएको छ ।
वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाइ आर्थिकोपार्जन गर्न सकिने उद्देश्यले जिल्लाका दुई सामुदायिक वनले मेसिनद्वारा उत्पादन गर्ने तयारी गरेका छन् ।
सर्वोच्च अदालतमा नेपाल प्रहरीमा उमेर हदसम्बन्धी मुद्दाको सुनुवाइ जारी छ । बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको छ ।
नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले तिज स्वतन्त्रताको पर्व भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताउनुभयो ।
महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ ।
हरितालिका तीजको अवसरमा नेपालगन्जमा आयोजित खुला एकल तीज नृत्य प्रतियोगिताको उपाधि मनीषा परियारले हात पार्नु भएको छ ।
मकवानपुरमा दिनहुँ डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आउनुभएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गर्नुभएको छ ।
बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौँमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ ।
धनुषाको ढल्केबरस्थित सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभी, ६३ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मरमध्ये मङ्गलबार बेलुकाबाट एउटामा समस्या आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिनुभएको छ । “तीनै तहका सरकारको प्रतिबद्धता : मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले शुभकामना व्यक्त गर्न भएको हो ।